धौलागिरी अञ्चलभित्र वन पैदावारमा आधारित उद्योगहरुको सङख्यामा वृद्धि

८ बैशाख २०६९, शुक्रबार १५:१७ मा प्रकाशित

बाग्लुग, ८ बैशाख । धौलागिरि अञ्चलका वन पैदावारमा आधारित उद्योगहरुको संख्यामा  बृद्धि भएको छ । हाल अञ्चलभित्र सञ्चालित वन पैदावारमा आधारित उद्योगहरुमा रु १ करोड ८१ लाख रुपैया लगानी गरिएको छ । अन्तरिम बन परियोजना रुपान्तरण नेपाल र स्थानिय उद्यमीहरुको समग्र सहकार्यमा ती उद्योगहरुमा सो रकम लगानी गरिएको हो । धौलागिरि अञ्चल भरिका ४६ प्रतिशत बन क्षेत्रमा पाईने जडिबुटिहरु लोक्ता, अल्लो, टिमुर, यार्सागुम्बा र लौठ सल्लाको प्रयोगबाट यस क्षेत्रका उद्यमी हरुले १ सय ५० ओटा घरेलु उद्योगहरु  स्थापना गरेको जनाईएको छ । नेपाल अन्तरिम वन परियोजनाका प्रमुख लिलाराज पौडेलका अनुसार हाल बागलुङमा १९, पर्वतमा १० र म्याग्दीमा ७ गरी वन समुहमा आवद्ध ३६ ओटा उद्योगहरु दुई बर्षअघिदेखि सञ्चालनरथ रहेका छन् । भने ११४ ओटा आयआर्जनका उद्योगहरु यो बर्षदेखि सञ्चालनमा आएका हुन् । संस्थागत विकास संगै ती उद्योगहरुको पूँजीमा पनि बृद्धि हुने पौडेलले बताउनुभयो ।  संस्थागत विकासका लागि यो बर्षमा पुराना उद्योगहरुमा रु २७ लाख खर्च गर्ने समेत जानकारी दिनुभयो । तीन जिल्ला वन कायालय र ११ ओटा विभिन्न साझेदारी संस्थाको समन्वयमा परियोजनाले धौलागिरी अञ्चmमा उद्योगहरुमा लगानी एवं बजारीकरणमा सहयोग गर्दै आएको छ । वन पैदावारमा आधारित उद्योगबाट स्थानियले प्रत्यक्ष रोजगारी पाएका छन् । ४ सय ९४ घरधुरी मध्ये २ सय ९१ जना महिला र २ सय ३ जना पुरुषहरुले उद्योगबाट आयआर्जन गरेका छन् । ती मध्ये ७२ प्रतिशत विपन्न बर्गको पहुँचमा रहेको अन्तरीम बन परियोजनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्