तुलसीपुर कारागारमा कैदी महिला सुत्केरी

२२ माघ २०७०, बुधबार ११:२८ मा प्रकाशित

दाङ, २२ माघ । दाङ जिल्लास्थित तुलसीपुर कारागार शाखामा कैदी जीवन बिताइरहेकी एक महिलाले शिशु जन्माएकी छन् ।

उरहरी–८, कटाहा घर भई हाल कारागारमा जालसाक्षी नागरिकता मुद्दामा बन्दी जीवन बिताइरहेकी देवा भण्डारीले सुत्केरी भएकी हुन् ।

मंगलबार सुत्केरी बेथाले च्यापेपछि उनलाई कारागारका कर्मचारीले तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पुर्‍याएका थिए । उनले अस्पतालमै छोरी जन्माइन् ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उनका पति वैदेशिक रोजगारमा छन् । उनी गत असार महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेकी छन् ।

यसैबीच, छोरी जन्माएकी कैदी महिलालाई पीडित सेवा संघ दाङका संयोजक टोपबहादुर महतराले शिशु र आमाका लागि न्यानो कपडा, पौष्टिक खानेकुरालगायतका सामग्री उपलब्ध गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको