सरकारी कार्यालयहरुमा रहेका उजुरी पेटिका उपयोगविहीन

८ बैशाख २०६९, शुक्रबार १५:१६ मा प्रकाशित

रौतहट, ८ बैशाख । रौतहट जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा रहेका उजुरी पेटिका उपयोगविहीन अवस्थामा रहेको छ । सर्वसाधारण तथा सेवाग्राहीहरुका गुनासो तथा उजुरीका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालयहरुमा उजुरी पेटिका राखिएको भए पनि सो सम्बन्धमा सेवाग्राहीहरु समेत सचेत नभएका कारण उपयोगविहीन भएको हो । जिल्ला अस्पताल गौर, जिल्ला वन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालयलगायत सरकारी कार्यालयहरुमा रहेका उजुरी पेटिकामा पत्र नभई माकुराको जालोले छोपेको पाइएको राजन साहले जानकारी दिनुभयो । सरकारी कार्यालयहरुबाट सेवाग्रहीलाई मर्का परे गुनासो तथा उजुरी गर्नका लागि सरकारी कार्यालयहरुमा उजुरी पेटिका राखिने गरेको भएपनि हिजोआज उजुरी पेटिका उपयोगविहीन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको