ओली दलको नेतामा निर्वाचित

२१ माघ २०७०, मंगलवार १८:२१ मा प्रकाशित

काठमाडौं, २१ माघ । एमालेको संसदीय दलको निर्वाचनमा नेता केपी ओली निर्वाचित भएका छन् । उनले प्रतिद्धन्दी अध्यक्ष झलनाथ खनाललाई २३ मतले पराजित गरेका हुन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको मतदानमा ओली ९८ र खनालले ७५ मत मात्रै पाएका हुन् ।

सहमतिको प्रयास भए पनि कुरा नमिले पछि निर्वाचन भएको हो । एमालेको ईतिहांसमा पहिलो पटक संसदीय दलको नेतामा पार्टी अध्यक्ष भन्दा बाहिरको नेता निर्वाचित भएका छन् ।

पछिल्लो समय नेता ओली र उपाध्यक्ष बामदेव गौतमको गठबन्धन पछि एमालेको खुब चर्चा भएको थियो । चर्चासंग ओलीले दलको नेतामा निर्वाचित भएका छन् ।

अध्यक्ष खनाललाई वरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरेका थिए । यद्यपि नेपालको समर्थन हुंदाहुंदै पनि खनाल पराजित भएका हुन् ।

सहमति जुटाउने भन्दै ओली र खनालबीच पटक पटक वार्ता समेत भएका थिए । यद्यपि, ति वार्ता र सम्वादले असर देखाएन । अन्तत: अध्यक्ष खनाल संसदीय दलको नेतामा पराजित भए ।

नेता ओलीले दलको नेतामा सहयोग गरेमा खनाललाई राष्टपतिमा सहयोग गर्ने आश्वासन दिएका थिए । नेता नेपालको उक्साहटमा खनालले सो प्रस्ताव पनि अस्वीकार गरेको स्रोतको भनाई छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक