‘सरकार सानो र नयाँ अनुहारको बन्नु पर्छ’

२१ माघ २०७०, मंगलवार १६:४४ मा प्रकाशित

काठमाडौं, २१ माघ । केन्द्रीय सदस्यहरुले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकार सानो र नयाँ अनुहार राखेर गठन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा आज (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्न अधिकांश सदस्यले मन्त्रिमण्डलमा नयाँ अनुहारलाई स्थान दिनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले नयाँ संविधान जारी गर्नका लागि बन्न लागेको सरकारलाई ठूलो बनाउदा राम्रो सन्देश नजाने बताए ।

केन्द्रीय सदस्य धनराज गुरुङले सानो मन्त्रिमण्डल बनाउन प्रस्ताव गरेको बताए । ‘नयाँ अनुहारलाई मन्त्रिमण्डलमा सहभागी गराउनु पर्छ,’ उनले भने, ‘मन्त्रिमण्डल कम्तिमा २५ सदस्सीय हुनु पर्छ ।’

बैठकमा एमाले लगायतका दलहरुलाई समेटेर बनाईने बहुमतीय सरकार र शक्ति बाँडफाँटका विषयमा पनि छलफल हुने छ । बैठकले वार्ताका लागि टोली पनि गठन गर्ने गुरुङले बताए ।

कांग्रेसको कार्यसमिति बैठक यो समाचार तयार पार्दा सम्म जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्