आदिवासीका अधिकार सुनिश्चितता लागि प्रयास गर्ने काङ्ग्रेस सभापति कोइरालाको आश्वासन

८ बैशाख २०६९, शुक्रबार १५:१५ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । आदिवासी जनजाति महासङ्घले नयाँ संविधानमा आदिवासी जनजातिको विभिन्न अधिकारको सुनिश्चितको माग गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले ज्ञापनपत्रमा उल्लेख भएका मागमध्ये धेरै माग सम्बोधनका लागि विभिन्न दलका नेतृत्वसँग छलफल भइरहेको जानकारी दिँदै त्यसका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापनपत्रमा जातीय पहिचानसहितको सङ्घीयता निर्माण गर्नुपर्ने, निर्धारित समयमा संविधान जारी गर्नुपर्ने, सङ्क्षिप्त संविधान स्वीकार्य नहुने, सीमान्तकृत र अल्पसङ्ख्यक जातिको  सामाजिक र आर्थिक विकासका लागि सरकार संवेदनशील हुनुपर्नेलगायत उल्लेख गरिएको छ । महासङ्घका अध्यक्ष राजकुमार लेखीले सदीयाँैदेखि नेपालमा बसोवास गर्दै आएका आदिवासी जनजातिको अधिकारलाई सरकारले संरक्षण गरी उनीहरुलाई राज्यको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको