पश्चिम भारतमा दुर्घटनाबाट दशको मृत्यु

२१ माघ २०७०, मंगलवार १५:३३ मा प्रकाशित

नयाँ दिल्ली, २१ माघ । पश्चिम भारतको महाराष्ट्र राज्यमा सोमबार राति भएको बस दुर्घटनामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दुर्घटनामा परी अरु ३५ जना घाइते भएका छन् ।

एकजना वरिष्ठ प्रहरी अधिकारीले दिएको जानकारी अनुसार सोमबार राति महाराष्ट्रको पुने सतारामा रहेको एक पुलबाट एउटा बस नदीमा खसेको थियो । सो बसमा रहेका १० जना घटनास्थलमै मारिएका ती अधिकारीले जनाएका छन् ।

गुडिरहेका बस पुलमा ठोक्किन पुग्दा उक्त बसका चालकले गति गुमाएका थिए । सो क्रममा बसका चालक पनि मारिएका बताइएको छ । उक्त दुर्घटनामा परी मारिनेमा सबैजसो गुजरातबाट गएका आन्तरिक पर्यटकहरु रहेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा जारी रहेको छ । तर रातिको समय भएकोले दुर्घटनामा परी घाइते भएकाको उद्वारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । सो क्षेत्रमा यसअघि पनि पटक पटक दुर्घटना भएका बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही