नयाँ प्रधानमन्त्रीको निर्वाचन माघ–२७ गते

२१ माघ २०७०, मंगलवार १५:२२ मा प्रकाशित

काठमाडौं, २१ माघ । व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिले नयाँ प्रधानमन्त्रीको निर्वाचन माघ–२७ गते गर्न प्रस्ताव गरेको छ ।

काठमाडौंमा आज (मंगलबार) बसेको समितिको बैठकले प्रधानमनन्त्री निर्वाचन माघ–२७ गते प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो । भोलि बुधबार बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनका विषयमा जानकारी गराईने छ ।

निर्वाचनको कार्यतालिका भने संसद सचिवालयले बनाउने छ । सहमतीय सरकार बनाउने प्रयास बिफल भए पछि बहुमतीय पद्धतिबाट सरकार बनाउने तयारी भएको हो ।

राष्ट्रपतिले सोमबार अन्तरिम संविधानको धारा ३८ (२) बमोजिम नयाँ मन्त्रिपरिषद गठनका लागि पहल थाल्न संसद सचिवलयलाई पत्र पठाएका थिए ।

संसदको ठूलो दल कांग्रेसले सरकार बनाउन पहल गरिसकेको छ । कांग्रेसले सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार बनाउने जनाई सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्