अराजकता प्रदर्शन गर्नेलाई छुट नदिने एकीकृत माओवादी अध्यक्षको चेतावनी

८ बैशाख २०६९, शुक्रबार १५:१५ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको एकता र नीतिविरुद्ध गएर अराजकता प्रदर्शन गर्नेहरुलाई पार्टीले कुनै पनि हालतमा माफी नदिने बताउनुभएको छ । बुद्धिजीवी विशेष जिल्ला समितिले आज गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले आफ्नो लक्ष्य र उद्देश्य नछोडेको र विगतमा उठाएका एजेन्डाहरुलाई संस्थागत गर्न लागिपरेको बेला अराजकता पैदा गरेर पार्टीलाई कमजोर नबनाउन उपाध्यक्ष मोहन वैद्य पक्षलाई आग्रह गर्नुभयो । यतिखेर वैद्य पक्षले चाहेजस्तो गर्ने हो भने विजयको नजिक पुगेको पार्टी बर्मा र मलायाको हालतमा पुग्ने धारणा पनि प्रचण्डले राख्नुभयो । शान्तिप्रक्रिया टुङ्गोमा पुगेपछि तत्कालै संविधान निर्माणको काम हुन्छ भन्ने राजनीतिक दलहरु पछि हट्न लागेका त होइनन् भन्ने आशङ्का पैदा भएको भन्दै उहाँले हिजो एमाओवादी शान्तिप्रक्रिया टुङ्ग्याउन चाहँदैन भन्ने आशङ्का राख्नेहरु यो वा त्यो वहानामा पछि हट्न खोजे त्यस्ता प्रवृत्तिलाई नेपाली जनताले कुनै पनि हालतमा नछाड्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।