महत्वकांक्षाका कारण सहमति हुन सकेन

२१ माघ २०७०, मंगलवार १४:०७ मा प्रकाशित

काठमाडौं, २१ माघ । संसदीय दलको नेतामा सहमति खोज्न बसेको एमालेको केन्द्रीय कमिटीको बैठक छोटो समय बसेर सक्किएको छ ।

काठमाडौंमा आज (मंगलबार) निर्धारित समय भन्दा ढिला गरेर बसेको बैठकमा संसदीय दलको नेता चयनका विषयमा छलफल भए पनि सहमति हुन नसकेको हो । दलको नेतामा सहमति खोज्न शीर्ष नेतृत्वले बाक्दै छलफल चलाउँदै आएका छन् ।

शीर्ष नेतृत्वबीच सहमति हुन नसके पछि अन्तत: दलको नेता चयनमा निर्वाचन हुने प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । ‘अन्तिम समय सम्म पनि सहमतिको प्रयास हुन्छ,’ ज्ञवालीले भने, ‘सहमति भएन भने निर्वाचन हुन्छ ।’

एमालेका नेता केपी ओली र उपाध्यक्ष बामदेव गौतम तथा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले अलग अलग समूह बनाए पछि दलको नेतामा सर्वसम्मत निर्णय हुन नसकेको हो । दलको नेतामा खनाल र ओलीले आकंक्षा देखाएका छन् ।

ज्ञवालीले अध्यक्ष खनालले सहमतिको प्रयास गर्ने आश्वासन दिएको समेत उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।