पार्टीका विभागीय कमिटीलाई पूर्णता दिने तयारी

२१ माघ २०७०, मंगलवार ०६:३१ मा प्रकाशित

काठमाडौं, २१ माघ । एकीकृत नेकपा माओवादीले केन्द्रीय समिति बैठकले निर्माण गरेको पार्टीका विभागीय कमिटीलाई पूर्णता दिने तयारी थालेको छ ।
झन्डै दर्जन विभागीय कमिटी र त्यसको प्रमुख मात्र चयन गरेको उसले कमिटीमा ‘कुन–कुन नेतालाई कसरी समेट्ने ?’ भन्ने छलफल थालेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको कार्यालय बैठकले विभागीय कमिटीलाई पूर्णता दिने तयारी थालेको दाहालको निजी सचिवालयले जनाएको छ ।
एमाओवादी केन्द्रीय समितिको शनिबार सम्पन्न बैठकले दाहाल नेतृत्वमा उत्पादन तथा निर्माण विभाग, भट्टराईको नेतृत्वमा प्रशिक्षण तथा प्रकाशन विभाग, नारायणकाजी श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय विभाग, पोष्टबहादुर बोगटीको नेतृत्वमा संगठन विभाग निर्माण गरेको थियो । त्यस्तै, उसले शिक्षा, संघीय व्यवस्था, अनुशासन विभागलगायत झन्डै दर्जन केन्द्रीय विभाग निर्माण गरेको थियो । ती विभागमा इन्चार्ज मात्रै तोकिएको छ ।
‘शनिबार बैठक सक्नका लागि हतार भएका कारण विभागमा इन्चार्जबाहेक अन्य सदस्य टुंगो लगाइएको थिएन,’ दाहालको निजी सचिवालयले भन्यो, ‘अहिले कार्यालय बैठकले विभागमा रहने अन्य सदस्यको विषयमा छलफल थालेको छ ।’ सोमबारकै कार्यालय बैठकमा पार्टी केन्द्रीय समितिद्वारा पारित अध्यक्ष दाहालको राजनीतिक तथा सांगठनिक प्रस्तावमा केन्द्रीय सदस्यले राखेको सुझाव समेट्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
उता, दाहालको राजनीतिक दस्तावेज र पार्टी केन्द्रीय समिति बैठकको ‘सर्कुलर’ बोकेर नेताहरूलाई आ–आङ्खनो कार्यक्षेत्र जान पनि एमाओवादी शीर्ष नेताले निर्देशन दिएका छन् । केन्द्रीय सदस्यहरूलाई नै जिल्ला संयोजक तोकेर पठाएको नेताहरूलाई जिल्ला जान निर्देशन दिइएको हो ।
राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि २ सय ६८ सदस्यीय केन्द्रीय सदस्यसम्मलाई चुनिएर आउनुपर्ने प्रावधान बनाएपछि एमाओवादीले संगठन निर्माणमा लाग्न नेताहरूलाई निर्देशन दिएको हो । उसले फागुन र चैतभित्रै पार्टीको गाउँ, नगर र जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने जनाएको छ । उसले पार्टीको राष्ट्रिय सम्मेलन १८ वैशाखबाट गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्