हतियार राखेको अभियोगमा अध्यक्ष घिमिरे पक्राउ

२१ माघ २०७०, मंगलवार ०६:१९ मा प्रकाशित

काठमाडौं, २१ माघ । प्रहरीले अवैध हतियार राखेको अभियोगमा एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेलाई पक्राउ गरेको छ । अवैध हतियारसहित उनका छोरा सुगम दुई साताअघि पक्राउ परेलगत्तै लुकीछिपी बस्दै आएका घिमिरेलाई सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ
गरेको हो ।
उनका छोरा सुगम गत ८ माघमा बेलायती रिभल्भरसहित पक्राउ परेपछि प्रहरीले अध्यक्ष घिमिरेको रविभवनस्थित घरमा छापा मार्दा १३ राउन्ड गोली बरामद भएको थियो । छोरा सुगमले सो रिभल्भर आफ्नो भएको बयान दिए पनि उनीसँगै पक्राउ परेका उनका साथी सनी गुरुङले बाबु शिवको भएको बयान दिएपछि हतियार प्रकरणमा उनी मुछिएका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जले गत ८ माघमा धुम्बाराही अपार्टमेन्टअगाडिको चौरबाट सुगमसँगै सनी गुरुङ, विशाल पुन, तेजन श्रेष्ठ कर्माचार्य, दोसन वली र सन्दीप खड्कालाई बेलायती रिभल्भर र एक राउन्ड गोलीसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा १७ वर्षीय सुगमले अरू गोली पनि घरमा भएको बयान दिएपछि प्रहरी घिमिरेको घरमा छापा मार्न पुगेको थियो । त्यसपछि प्रहरीले घरमा छापा मार्दा दराजमा गोली फेला परेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी भीम ढकालले घिमिरेलाई महाराजगन्ज वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको बताए । ‘घिमिरेलाई केही कुरा सोध्नुपर्ने भएकाले पक्राउ गरिएको हो,’ डीएसपी घिमिरेले भने । सुगम र एभरेस्ट ग्याँस सञ्चालकसमेत रहेका शिव विवादास्पद व्यक्ति हुन् । पेट्रोलियम व्यवसायीसमेत रहेका उनी यसअघि ग्याँस सिलिन्डर ‘फुटरिङ साटफेर’ गरेको अभियोगमा कारबाहीमा परेका थिए । ग्याँसको सिलिन्डर काटेर जोडी बिक्री गर्ने गरेको प्रमाण फेला परे पनि उनी त्यसबेला प्रशासनिक संरक्षणमा जोगिएका थिए ।
ग्याँसको पिँध काट्ने र बेचेर सिलिन्डर बम बनाएको अभियोगमा सप्तरी प्रहरीले उनलाई कारबाहीको दायरामा ल्याएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारीको निर्देशनमा उनी पक्राउ परे पनि राजनीतिक तथा प्रशासनिक दबाबमा मुक्त भएका थिए । पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले ३८ लाख रुपैयाँ धरौटी लिएर उनलाई हिरासतमा बस्नबाट मुक्त गरिदिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।