कांग्रेसले कार्यसमितिबाट सरकार बनाउने निर्णय लिने

२० माघ २०७०, सोमबार १७:१४ मा प्रकाशित

काठमाडौं, २० माघ । कांग्रेसले सरकार गठन र अन्य विविध विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

संविधानसभाको ठूलो दलको हैसियतले बहुमतीय सरकार गठनको तयारीमा रहेको कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न लागेको हो । कांग्रेसले मंगलबार एघार बजे कार्यसमितिको बैठक बोलाएको प्रवक्ता दिलेन्द्र प्रसाद बडूले जानकारी दिए ।

सभापति कोइरालाको निवास महाराजगञ्जमा आज (सोमबार) बसेको प्रभावशाली नेताहरुको अनौपचारिक बैठकले सरकार गठन र शक्तिबाँडफाटका विषयमा परामर्श गर्न कार्यसमिति बोलाउने सहमति गरेको थियो ।

यस अघि कांग्रेसले सहमतीय सरकारको पहल गरे पनि एमाओवाद, राप्रपा नेपाललगायतका केही दल प्रतिपक्षमै बस्ने इच्छा जनाए पछि सो प्रयास बिफल भएको थियो । कांग्रेस सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउने तयारीमा जुटिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको