तेस्रो दिनपनि अलेपोमा हवाई हमला जारी

२० माघ २०७०, सोमबार १३:२० मा प्रकाशित

दमासकस, २० माघ । सिरियाको अलेपो सहरमा आइतबार पनि जारी रहेको हवाई आक्रमणका क्रममा सयौं नागरिक मारिएका बताइएको छ । सो आक्रमण आइतबार रातिसम्म नै जारी रहेको थियो ।

प्राप्त समाचारमा आइतबार सिरियाली सेनाले हवाई हमला गर्दा त्यसमा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ । केही दिनयता बन्द रहेको सो क्षेत्रको हमला पुन: सुरु भएको अधिकारीहरुले बताएका छन् ।

त्यसको अघिल्लो दिन अथवा शनिबार पनि सो स्थानमा हमला भएको थियो । उक्त हमलामा परी मारिनको सङ्ख्या ४८ रहेको पनि अधिकारीहरुले बताएका थिए ।

अलेपो सहर सिरियामा द्वन्द्व जारी भएपछिकै सबैभन्दा बढी हिंसा भएको सहर हो । उक्त सहरलाई केही समयसम्म सिरियाका विद्रोहीले कब्जामा लिएका थिए ।

पछि फेरि सरकारी सेनाले नै आफ्नो नियन्त्रणमा लिएको थियो । सिरियामा जारी रहेको हिंसाका क्रममा एक लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय