‘घरको धुरी खाँबोमा ठोक्किएर लक्ष्मीको मृत्यु भयो’

२० माघ २०७०, सोमबार १२:१५ मा प्रकाशित

नवलपरासी, २० माघ । आन्तरिक बिवाद पछि नवलपरासीको वेनीमणिपुर–२, ढुडेमा आफ्नै बाबुले छोरीको हत्या गरेको खुलेको छ ।

५९ वर्षीय कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मी सिंह ठकुरीको हत्या गरेका हुन् । सापकोटाले छोरीको हत्या गरेको प्रहरी समक्ष बयान समेत दिएका छन् ।

लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखे पछि छिमेकीले प्रहरीमा उजुरी दिएका थिए । उजुरी पछि खोज्ने क्रममा सापकोटाले नै लक्ष्मीको हत्या गरेको रहस्य प्रहरीले थाहा पाएको हो ।

करीब ९ महिना देखि माईतीमै बस्दै आएकी लक्ष्मी र बुबा सापकोटाबीच विबाद थियो । छोरी घर नगई माईतमा बसेको विषयमा सापकोटा सन्तृष्ट थिएनन् ।

माघ–१६ गते सोही विषयमा बिवाद हुँदा बाबु र छोरीबीच कुटाकुट भएको थियो । आपसी बिवादका कारण बाबुले नै छोरी लक्ष्मीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए ।

सापकोटाले छोरीको हत्या गरेर घर नजिकै खाडल खानेर पुरेको बयान प्रहरीलाई दिएका छन् । ‘झगडा हुने क्रममा पिट्दा घरको धुरी खाँबोमा ठोक्किएर लक्ष्मीको मृत्यु भयो,’ सापकोटाले बयानका क्रममा भनेका छन्, ‘मृत्यु पश्चात लक्ष्मीलाई घर नजिकै खाल्डो खनेर गाडेको छु ।’

सापकोटाले छोरी लक्ष्मीलाई माघ १६ गते हत्या गरेको जनाएका छन् । लक्ष्मीलाई तीन दिन सम्म नदेखे पछि स्थानीय छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए ।

बाबु सापकोटा माथि शंका लागेर सोधपुछ गर्दा हत्याको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको