स्याहार/सुसार नपाउँदा सुत्केरीको मृत्यु

२० माघ २०७०, सोमबार ११:३३ मा प्रकाशित

दैलेख, २० माघ । अत्याधिक रक्तश्रावका कारण दैलेखमा सुत्केरी महिलाको मृत्यु भएको छ । दुई वटा बच्चा जन्माएकी चामुण्डा–७, हाडाकोटकी ३५ बर्षीया गौरी नेपालीको आज (सोमबार) विहान मृत्यु भएको हो ।
बेथा लागेका बेला गौरीको समयमा उपचार र स्याहार सुसार हुन नसक्दा मृत्यु भएको उनका देवर राजन नेपालीले जानकारी दिए ।
‘भाउजुको समयमा उपचार हुन नसक्दा मृत्यु भयो,’ उनले भने, ‘दुई वटा बच्चा जन्मेका थिए । अत्याधिक रक्तश्राव भए पछि मृत्यु भयो ।’ जन्मेका एकजना शिशु भने सकुशल छन् ।
आईतवार साँझबाट बेथा लागेकी गौरीले राति नौ बजे मृत छोरी जन्माएकी थिईन् । पुन: मध्यराति १२ बजे अर्को छोरी जन्माईन् ।
सुत्केरी भएका बेला गौरीको स्याहार सुसार गर्ने घरमा कोही थिएनन् ।
गौरीका पति कामको सिलसिलामा घर बाहिर गएका थिए । उनलाई समयमा स्वास्थ्य संस्थासम्म लगेको भए बचाउन सकिने देवर राजनले बताए ।
गौरीले ३५ बर्षको उमेरसम्म आईपुग्दा ८ सन्तान जन्माई सकेकी छन् । उनले यसपटक जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।
गरिवी, उचित स्वास्थ्य शिक्षा, जनचेतना, स्याहार सुसारको अभावमा दुर्गम जिल्लाका सुत्केरी महिलाले अकालमा ज्याउन गुमाउनु पर्दै आएको छ ।
समयमा उपचार हुने र स्वास्थ्य संस्थामा बच्चा जन्माएमा आमा र बच्चाको स्वास्थ्य सकुशल रहन्छ भन्ने ज्ञानको अभावले सुत्केसी महिलाले सधै ज्यान जोखिममा पार्नुपर्ने बाध्यता दुर्गमका जिल्लामा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे