चिसोका कारण नवलपरासीमा एकजनाको मृत्यु

२० माघ २०७०, सोमबार ११:०३ मा प्रकाशित

नवलपरासी, २० माघ । नवलपरासीमा अत्याधिक बढेको चिसोका कारण एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

सुनवल–४ मा आज (सोमबार) विहान जाडोले कठ्याङग्रिएर ५५ वर्षीय रमेश बर्मा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बर्मा भारतको महाराजगञ्ज वैकुण्ठपुर निवासी हुन् ।

सुनवल चोकमा बसिरहेका बेला बर्माको चिसोले मृत्यु भएको हो । बर्मासंगै नवलपरासीमा चिसोका कारण मर्नेको संख्या ४ पुगेको छ ।

एक हप्तादेखि चलेको शीतलहरका कारण नवलपरासीमा चिसो वढेको छ । चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको