नयाँ प्रहरी नियमावली मस्यौदा प्रस्ताव

२० माघ २०७०, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं, २० माघ । नयाँ प्रहरी नियमावली मस्यौदामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि दुई सदस्यीय बोर्ड बनाउनुपर्ने प्रस्ताव गरिएको छ । हालको तीन सदस्यीय बोर्ड रहने व्यवस्थालाई हटाउँदै नयाँ नियमावली मस्यौदामा गृहसचिव र प्रहरी महानिरीक्षक मात्र रहने प्रस्ताव गरिएको हो ।
पारितका लागि मन्त्रिपरिषद्मा पुगेको सो नियमावलीमा मानव स्रोत विभागका प्रमुखलाई बढुवा समितिको बोर्डबाट हटाइएको छ । मानव स्रोत विभाग प्रमुख पनि एआईजी नै हुने व्यवस्था छ । प्रहरी नियमावली विधेयक समितिबाट स्वीकृत भई एक साताअघि मन्त्रिपरिषद्मा पारितका लागि पुगिसकेको छ । विधेयक समितिमा लामो समय छलफलपछि पारितका लागि मन्त्रिपरिषद्मा पठाइएको हो ।
यसैगरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहने गरी प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव रहने उल्लेख गरिएको छ । प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव सदस्य, प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।
यसैगरी, प्रहरी नायब निरीक्षक (सई) पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षकको अध्यक्षतामा प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षकमध्ये एक सदस्य, प्रहरी नायब उपरीक्षक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) पदका लागि प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षकको अध्यक्षतामा प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । प्रहरी वरिष्ठ हबलदार र प्रहरी हबलदार पदहरूका लागि प्रहरी नायब उपरीक्षकको अध्यक्षतामा प्रहरी निरीक्षक सदस्य र अर्का प्रहरी निरीक्षक सदस्य–सचिव रहने व्यवस्थासहित पास गर्न लागिएको छ ।
प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त–२०६९ लाई आधार मानेर नै सो नियमावलीलाई पास गर्न खोजिएको हो । मूल्यांकनको आधार पनि पहिलेभन्दा फरक पारिएको छ ।
कार्य सम्पादन मूल्यांकन ४० अंक, ज्येष्ठतामा २० अंक, वर्गीकृत क्षेत्रको (दरबन्दी) अनुभवमा     ८ अंक, शैक्षिक योग्यतामा १० अंक, तालिम ७.५ अंक, चुनौतीपूर्ण/विशेष जिम्मेवारीमा ५ अंक, विभूषण, मानपदवी, अलंकार तथा पदक २ अंक, बढुवा समितिले दिने अंकमा ७.५ अंक राखिएको छ । त्यसमा स्नातकोत्तर र २०६२/६३ को जनआन्दोलनपछि पाएको मानपदवीलाई पनि अंक राखिएका्े छ ।
बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रहरी कर्मचारीलाई पहिले बढुवाका लागि सिफारिस गर्नुपर्ने पनि उल्लेख गरिएको् छ ।
सुपरीवेक्षकले दिने ५०, अवलोकनकर्ताले दिने ५० पुनरावलोकनकर्ताले ५० गरी १ सय ५० अंक थियो । यसलाई हटाएर सय अंकभार कायम गरिएकोमा भने प्रहरी अधिकारीहरूले सकारात्मक रूपमा लिएको भए पनि बढुवा भने प्रहरी अधिकारीहरू विभाजित भएका छन् । प्रहरी नियमावली पारित गराउने विषयमा राजनीतिक दलहरूले समेत चासो लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु