कांग्रेसले बहुमतीय सरकार बनाउने

१९ माघ २०७०, आईतवार १७:१० मा प्रकाशित

काठमाडौं, १९ माघ । राष्ट्रपतिले तोकेको समयमा सहमतीय सरकारका लागि ठूलो दल कांग्रेसले दाबी पेश गर्न नसके पछि अब बहुमतीय सरकार बनाउने भएको छ ।
काठमाडौंमा आज (आइतबार) बसेको सर्वदलीय बैठकमा पनि एमाओवादी, राप्रपा नेपाललगायतका दलहरुले सरकारमा सहभागी नहुने दोहराए पछि झिनो आशा पनि समाप्त भएको हो । यद्यपि, उनीहरुले रचनात्मक प्रतिपक्षमा बसी सहयोग गर्ने आश्वासन दिएका छन् ।
सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समय पनि आजै पाँच बजे पछि समाप्त भएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने जनाएको छ ।
सर्वदलीय बैठक पछि पत्रकारसंग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेसंग मिलेर नयाँ सरकार बनाउने बताए । ‘सहमतीय सरकारको विषय समाप्त भएको छ,’ उनले भने, ‘अब कांग्रेसले एमालेसँग मिलेर बहुमतीय सरकार बनाउँछ ।’
संविधानसभाको ठूलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउन पटक पटक प्रयास गरे पनि सफल हुन भने सकेन । कांग्रेसले सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार बनाउन जनाई सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।