राजधानीसंग सिधा यातायात सेवा सुरु

१९ माघ २०७०, आईतवार १०:१९ मा प्रकाशित

खोटाङ, १९ माघ । दूधकोसी र सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालन भएसंगै खोटाङबाट काठमाडौंलगायत तराईका जिल्लासंग सिधा यातायात सेवा सुरु भएको छ ।
खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने जयरामघाटस्थित दूधकोसी, ओखलढुङ्गा र उदयपुरको हर्कपुरस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएसंगै शुक्रबारदेखि खोटाङबाट यातायात सेवा सुरु भएको हो ।
सिधा यातायात सेवा सुरु भएपछि खोटाङबाट बाहिरिने तथा भित्रने यातायातका सवारीसाधन आवतजावत गर्न थालेका छन् ।
जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घट्ने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताए ।
यातायात व्यवसायी संघ खोटाङका अनुसार दिक्तेलदेखि बिहान साढे ६ बजे र साढे ११ बजे, दिउंसो साढे २ बजे र बेलुका ५ बजे यात्रुवाहक सवारीसाधन बाहिरिन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड