बहुमतीय प्रक्रिया सुरु गर्ने दलहरूको निष्कर्ष

१९ माघ २०७०, आईतवार ०६:३४ मा प्रकाशित

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार निर्माण गर्ने दलीय प्रयास विफल भएको छ ।

पार्टी सभापति कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि समर्थन जुटाउन कांग्रेसले शनिबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा नेपालले लिखित रूपमै त्यसप्रति विरोध प्रस्ताव राखेपछि सहमतीय सरकार गठनको सम्भावना विफल भएको हो ।
राष्ट्रपति डा.रामवरण यादवले १२ माघमा अन्तरिम संविधानको धारा ३८ ९१० बमोजिम सहमतीय सरकार गठनका लागि आह्वान गरेको एकहप्ते समयसीमा आइतबार साँझ ५ बजे सकिँदै छ ।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति एवं संसदीय दलका नेता कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले सहयोग र समर्थनको प्रतिबद्धता जनाएका छन् ।
संविधानसभा भवन नयाँबानेश्वरमा भएको सर्वदलीय बैठकमा ३० मध्ये १३ राजनीतिक दलले लिखित रूपमै समर्थनसहितको पत्र कोइरालालाई हस्तान्तरण गरेका थिए । सर्वदलीय बैठकमा नेकपा एमाले, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक सहित साना ठूला २२ राजनीतिक दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद्ले भनाइ राखेका थिए ।

सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिहरूले लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म क्रियाशील निष्कलंक छवि बोकेका कोइरालालाई प्रधानमन्त्रीका लागि सहयोग र समर्थन दिने मौखिक प्रतिबद्धता व्यक्त गरेका थिए । संविधानसभाको दोस्रो ठूलो दल एमालेका नेता सुभाषचन्द्र नेम्वाङले सहमतीय होस् वा बहुमतीय जुनसुकै प्रकारको सरकार गठन भए पनि कांग्रेस सभापति कोइरालालाई एमालेको सहयोग र समर्थन हुने प्रतिबद्धता व्यक्त गरे ।

संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलमध्ये सरकारमा जाने वा समर्थन मात्र गर्ने भन्ने विषयमा दलहरूले आइतबारसम्ममा दलको आधिकारिक धारणा लिखित रूपमै प्रस्तुत गर्नुपर्ने हुन्छ । ‘संविधानको धारा ३८ ९१० अनुसार सहमतीय वा ३८ ९२० अनुसार बहुमतीय सरकार बन्ने भन्ने कुरा आइतबारसम्ममा टुंगो लाग्छ,’ नेम्वाङले राजधानीसँग भने ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले सर्वदलीय बैठकमा कांग्रेस सभापति कोइरालाले आङ्खनो नेतृत्वमा सहमतीय सरकार गठनका लागि समर्थन गर्न आग्रह दलहरूलाई आग्रह गरेका थिए ।

त्यसलगत्तै राप्रपा नेपालले सहमतीय सरकार गठनप्रति आङ्खनो विमति रहेको जनाउँदै लिखित रूपमै विरोध जनाएको बताए । ‘राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ३८९१० अनुसार सहमतीय सरकारको सम्भवाना सकिएकाले संविधानको धारा ३८ ९२० अनुसार अब बहुमतीय सरकार निर्माण गर्ने गृहकार्य भोलिबाट सुरु हुन्छ,’ बैठकपछि उनले सञ्चारकर्मीसँग भने ।
चौधरीले कोइरालाको नेतृत्वमा सहमतीय सरकार बनोस् भन्ने पक्षमा आङ्खनो दल भए पनि राप्रपा नेपालले लिखित रूपमै कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने जनाएपछि बहुमतीयमा भए पनि सहयोग गर्ने जनाए ।

उनले कोइरालाको नेतृत्वमा बन्ने बहुमतीय सरकारलाई पनि फोरम लोकतान्त्रिकको पूर्ण साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारे । एमालेलगायत साना सबै दलले अब संविधानको धारा ३८९२० अनुसार बहुमतीय सरकारमै जानुपर्छ भनेर कांग्रेस सभापति कोइरालालाई सुझाव दिएको चौधरीले जनाए ।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सर्वदलीय बैठकमा सबै दलबाट सकारात्मक र सौहार्दपूर्ण भावना प्राप्त भएको भन्दै आइतबार बेलुकासम्म सबैको समर्थन प्राप्त गरी कोइरालाको नेतृत्वमा राष्ट्रपतिसमक्ष सहमतीय सरकार गठनका लागि जाने दाबी गरे । उनले राप्रपा नेपालले सरकारमा सामेल नभए पनि गुण र दोषका आधारमा सरकारलाई समर्थन गर्ने वचन दिएकाले सरकार गठनमा समर्थन नै रहेको दाबी गरे ।

उनले एमाओवादी गम्भीर र जरुरी बैठकमा रहेकाले सर्वदलीय बैठकमा उपस्थित नभएको र आङ्खनातर्फबाट समर्थन रहेको वचन दिएको जनाए । ज्येष्ठ सदस्यका हैसियतले व्यवस्थापिका–संसद्को बैठकको अध्यक्षता गरिरहेका राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले सहमतीय सरकार गठनको सम्भावना क्षीण भएको र बहुमतीय सरकार गठनतर्फ दलहरूको छलफल अग्रसर भएको प्रतिक्रिया दिए ।

‘सहमतीय सरकार गठनका लागि अब फेरि राष्ट्रपतिसमक्ष समयावधि बढाउन आग्रह हुँदैन, बहुमतीय आधारमै भए पनि सरकार गठन गर्नुपर्छ,’ उनले भने ।
साँझ साढे ४ बजेसम्म पनि एमाओवादीबाट कुनै पनि प्रतिनिधि अनुपस्थित नभएपछि बैठक सम्पन्न भएको जनाइएको थियो । सभापति कोइरालाले बैठकको सुरुआत गर्दै राष्ट्रपतिले आह्वान गरेबमोजिम आङ्खनो नेतृत्वमा बन्ने सहमतीय सरकारलाई सहयोग र समर्थन गर्दै सहभागी हुन सबै दललाई आग्रह गरेका थिए । बैठकको सहजीकरण भने उपसभापति रामचन्द्र पौडेलले गरेका थिए । एमालेका प्रतिनिधि एमाले नेता नेम्वाङले चाँडो सरकार निर्माण गर्न दलहरूबीच दुईपक्षीय र बहुपक्षीय छलफल र गृहकार्य जरुरी भएको जनाएका थिए । बैठकमा नेमकिपा, राजमो आदि दलले सरकारबाहिर रहेर नै कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएका थिए भने तमलोपा, फोरम, सद्भावनाले बाहिर बसेर सरकारको काम कारबाही हेरेर मात्र सरकारको समर्थन वा विरोध गर्ने जनाएका थिए ।

एमाले नेता नेम्वाङले बोलिसकेपछि राप्रपा नेपालका सभासद् दिलनाथ गिरीले सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने भनी पार्टीले गरेको निर्णय भन्दै पार्टीको लिखित चिठी पढेर सुनाएका थिए ।

बैठकमा सबैजसो दलको चाहना कोइरालाकै नेतृत्वमा सरकार बनोस् र एक वर्षभित्रै संविधान निर्माण होस् भन्ने देखिएको कांग्रेस प्रवक्ता बडूले जनाए ।

बैठकमा कोइराला नेतृत्वको सरकारको विषयमा दलीय दृष्टिकोण लिखित रूपमा आइतबार प्रस्तुत गर्न कांग्रेसले बैठकमा सहभागी सबै दललाई आग्रह गरेको थियो । आइतबार संसद् बैठकपछि सर्वदलीय बैठक पुनः बस्ने निर्णय भएको छ ।

कांग्रेसबाहेकका शीर्ष नेता अनुपस्थित

आङ्खनै नेतृत्वमा बन्ने सहमतीय सरकारलाई समर्थन जनाउने विषयमा कांग्रेस सभापति सुशील कोइरालाले आइतबार आह्वान गरेको सर्वदलीय बैठकमा कुनै पनि दलका शीर्ष नेता उपस्थित भएनन् ।

कांग्रेस सभापति कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका शीर्ष नेतालाई सर्वदलीय बैठकमा उपस्थित हुन आग्रह गरे पनि कुनै पनि दलका शीर्ष नेता उपस्थित नभएका हुन् । संविधानसभाका ज्येष्ठ सदस्यको हैसियतले संविधानसभाका अध्यक्ष सूर्यबहादुर थापा भने उपस्थित थिए । अन्य साना दलका अध्यक्षले पनि आफू उपस्थित नभएर दोस्रो पुस्ताका नेतालाई पठाएका थिए ।

सर्वदलीय बैठकमा उपस्थित हुने सम्बन्धमा कांग्रेस सभापति कोइरालाले आफैं सम्पर्क नगरेको र आङ्खना सहयोगीमार्फत शनिबार बिहान मात्र खबर गरेकाले उनीहरू अनुपस्थित भएको स्रोतले जनायो ।

बैठकमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा नै उपस्थित थिएनन् भने एमाओवादीबाट कुनै प्रतिनिधि सहभागी भएनन् । महामन्त्री कृष्णप्रसाद सिटौला साढे ३ बजे मात्र बैठकस्थल पुगेका थिए भने सहमहामन्त्री पूर्णबहादुर खड्का त्यसैबेला बाहिरिएका थिए । कोइरालाले आह्वान गरेको बैठकको विषयमा अन्य दलका शीर्ष नेताहरूले सञ्चारमाध्यममार्फत मात्र सूचना पाएको गुनासो गरेका थिए

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको