दीक्षाको सुन्दरता, रेखाको चर्चा

१९ माघ २०७०, आईतवार ०६:१० मा प्रकाशित

काठमाडौं । अहिले मुलुकमा दीक्षा चापागाईको एनजीओ ‘पवित्र समाज सेवा’ र नायिका रेखा थापाको ‘रेखा फाउन्डेसन’ लाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ। करिब एक दशकभन्दा अघिदेखि दीक्षा चापागाई अनाथ टुहुरा बालबालिकालाई आश्रय दिँदै उनीहरूको सेवामा जुट्दै आएकी हुन् भने रेखा थापा चलचित्र क्षेत्रसँगै सामाजिक क्षेत्रमा दुई महिनाअघिदेखि एनजीओमा संलग्न हुन थालेकी हुन्। हुन त नेपालमा समाज सेवामा लागेर विश्वमै नाम कमाउन सफल भएका अनुराधा कोइराला, पुष्पा बस्नेत, चिरीमाया तामाङ जस्ता महिलाहरू नभएका होइनन्। अनुराधा कोइराला र पुष्पा बस्नेत त अमेरिकाको प्रसिद्ध सीएनएन हिरोसमेत बने। चिरीमायाको शक्ति समूहले पनि एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्यो। उनीहरूसँगै चेलीबेटी, अपांग, दृष्टिविहीन र अनाथ बालबालिकाको क्षेत्रमा क्रियाशील हुने महिलाहरूको सूची निकै लामो छ। तर दीक्षा र रेखाको समाजसेवालाई भने नेपाली समाजले अलि बढी आलोचनात्मक ढंगले व्याख्या र विश्लेषण गर्ने गरेको छ। दीक्षा अविवाहित हुन्। झट्ट हेर्दा कुनै नेपाली नायिकाभन्दा कम नदेखिने उनी काठमाडौंका प्रहरी र सेनाका अघिकृत वृत्तमा चर्चित छिन्। उनका विषयमा समय समयमा राम्रा नराम्रा समाचारहरू पनि आइरहन्छन्। नेपाल प्रहरीका दर्जनौं अफिसरहरूसँग उनको निकटता रहेको उनी आफैं पनि हाकाहाकी बताउँछिन्। यतिखेर सडक, अनाथलय र वृद्धाश्रममा भेटिएका बालबालिका, वृद्धवृद्धालाई नुहाइरहेको, उनीहरूको सरसफाइ गरेको, लत्ताकपडा बाँडिरहेको, खुवाउँदै गरेको तस्बिर दीक्षाले फेसबुकमा राख्ने गरेकी छन्। त्यसो गर्दा उनले आफूलाई ती बालबालिकाको आमा भनेर सम्बोधन पनि गरेकी छन्। ठाउँ कुठाउँ भेटिएका वृद्धवृद्धालाई नुहाइ धुवाइ गर्ने क्रममा यिनीहरूलाई सहयोग गर्ने सहयोगी हातहरू भए आफ्नो एनजीओमा सम्पर्क गर्नसमेत भन्ने गरेकी छन्। यस्तै काम गरेबापत स्वदेश र विदेशबाट पनि उनको एनजीओलाई लाखौं रुपैयाँ आर्थिक सहयोग आउने गरेको छ। खासगरी कोरिया, युरोपियन मुलुकबाट उनको ‘पवित्र सेवा समाज’ लाई आर्थिक सहयोग जुट्ने गरेको छ। सभासद् बन्ने धोकोले एमाओवादी प्रवेश गरेर राजनीतिमा होमिएकी नायिका रेखा थापा त्यमा असफल बनेपछि उनले पनि ठ्याक्कै दीक्षा पथलाई अंगालेकी छन्। समाजसेवा गर्ने उद्देश्य राखेर उनले आफ्नो नाममा ‘रेखा फाउन्डेसन’ खोलेकी छन्। त्यसकै लागि उनी पति छविराज ओझासँग सम्बन्ध विच्छेद गरेर एकल बस्दै आएकी छन्। समाजसेवामा लाग्ने प्रायः महिलाहरू लोग्ने छोडेर बसेका वा विवाह नै नगरेका पाइने गरेको छ। आफ्नो परिवार बसाउन नसक्ने, तर दुःखी, अनाथ र वृद्धवृद्धाको सेवामा आफू क्रियाशील रहेको उनीहरूको दाबी छ। रेखा र दीक्षा यसकै प्रतिनिधि पात्र मात्र हुन्। रेखाले भने समाजसेवा गर्ने क्षेत्र रमाइलै फेला पारेकी छन्। एक महिना लामो भ्रमण गरेर उनले सुदूरपश्चिमतिरका राउटे समुदायलाई आफ्नो समाजसेवाको थलो बनाएकी छन्। राउटे मुखियालाई हाकाहाकी चुम्बन गरेर दुई महिनाअघि रेखाले निकै धेरै चर्चा बटुलिन्। सञ्चारमाध्यममा उनले राउटे मुखियालाई गरेको चुम्बन निकै छायो। राउटेलाई गरेको चुम्बनलाई उनले समाजसेवाको पहिलो खुड्किलो भनेर व्याख्यासमेत गरिन्। समाजसेवा गर्न भनेर उनले चार-पाँचजना राउटे बालबालिकालाई आश्रय दिन थालेकी छन्। उनीहरूलाई आश्रय दिँदै रेखाले भनिन्, ‘आमा हुन् बच्चा जन्माउनुपर्दैन। अब म राउटे बालबालिकाहरूको आमा बनेकी छु।’ रेखाले राउटे बालबालिकाको शिक्षा–दीक्षा आफैंले दिने घोषणा गरेकी छन्। दीक्षा चापागाईले पनि अनाथ बालबालिकालाई आश्रय दिँदै उनीहरूको आमाबाबु आफैं भन्नु र नायिका रेखाले पनि त्यस्तै बोली बोल्नुले समाजसेवा गर्न चाहनेले एकैप्रकारका अभिव्यक्ति दिनुपर्छ र भन्ने चर्चा परिचर्चा हुन थालेको छ। नेपाली चलचित्र क्षेत्रका धेरैले भने रेखाको यो कदमलाई चर्चामा आउने नयाँ ‘फन्डा’ भनी टिप्पणी गरेका छन्। ‘राउटे बालबालिकालाई आश्रय दिँदा त्यसको नाममा विदेशबाट राम्रै आर्थिक सहयोग आउने देखेर रेखा यता लागेकी हुन्,’ उनी निकट एक कलाकारले भने। राउटेहरूलाई सहयोग गर्न जाँदा आफूलाई असहयोग भएको र राउटेको नाममा आउने रकम विभिन्न व्यक्तिले खाएको रेखाले बताउनुले पनि उनी पनि चर्चाकै लागि यसमा होमिएकी हुन् भन्दा अतिशयोक्ति हुन्न। किनभने रेखा चर्चामा आउन जुनसुकै जोखिम मोल्न तयार पात्र हुन्। त्यसकै कारण नेपाली चलचित्र क्षेत्रमा उनको कसैसँग पनि हार्दिक सम्बन्ध छैन। सभासद्को लोभमा एमाओवादी प्रवेश गरेकी उनी त्यो अवसर नपाएलगत्तै बोली फेर्दै भनिहालिन्, ‘म एमाओवादी होइन। मलाई माओवादी कार्यकर्ता भनेर मेरो अपमान नगरियोस्।’ यसले पनि कति अस्थिर चरित्र भएकी महिला हुन् भन्ने प्रमाणित गर्छ। ‘विगत अस्थिर भएकै कारण रेखाले राउटे बालबालिकालाई कुन दुर्दशामा पुर्यािएर छाड्ने हुन् यसै भन्न सकिन्न,’ एक नायिकाले भनिन्। किनभने अर्काको देखासिकीमा काम गर्नेहरूले गरेको काम कहिल्यै दिगो र टिकाउ भएको पाइँदैन। बलिउड र हलिउडमा नाम चलेका थुप्र्र्र्र्रै नायक नायिका सामाजिक क्षेत्रमा क्रियाशील छन्। हलिउडकी चर्चित नायिका एन्जेलिना जोलीले भिन्न भिन्न देशका चारजना बालबालिकालाई धर्मपुत्र र धर्मपुत्री बनाएकी छन्। उनले कुनै आडम्बर देखाउन नभई हृदयदेखि नै त्यसलाई अंगालेकाले उनको कामले संसारभरि नै सरहाना प्राप्त गर्यों। तर रेखाले गरेको समाजसेवाको उनकै सहपाठीले पचाउन नसक्नुले पनि रेखाले देखाउनकै लागि यस्तो काम गरेको आरोप सहनु परेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको