न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली नियोगको कन्सुलर सेवा बन्द

१९ माघ २०७०, आईतवार ०५:३९ मा प्रकाशित

न्युयोर्क, १८ माघ । अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ ले न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली नियोगको कन्सुलर सेवा बन्द गर्न निर्देशन दिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली नियोगले अमेरिकी विदेश मन्त्रालयको निर्देशन लगत्तै गत सातादेखि कन्सुलर सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको हो । न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली नियोगले लामो समयदेखि कन्सुलर सम्बन्धी कार्यालयको पनि काम कारबाही गर्दै आएको थियो । नियोगले दिएको जानकारी अनुसार कर्मचारी नभएकाले काम कारबाही रोकिए पनि भिसा र पासपोर्ट सम्बन्धी आवेदन लिने काम भने जारि राखिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय नेपाली नियोगमा स्थानीय सहित १५ कर्मचारी कार्यरत रहेका छन् । नियोग स्रोतले दिएको जानकारी अनुसार अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ ले राष्ट्रसंघीय नेपाली नियोगबाट कन्सुलर कार्यालयको काम नगर्न दिएको सुझावनै सेवा बन्द हुनुको मुख्य कारण हो । यस अघिनै पूर्व राजदुत शंकरप्रशाद शर्मालाई अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ ले न्युयोर्कस्थित नियोगबाट कन्सुलर सेवा संचालन नगर्न लिखित निर्देशन दिएको थियो । दूतावासले न्युयोर्कको कन्सुलर सेवा सुचारु राख्न छुट्टै कन्सुलरको ब्यवस्था गर्न लेख्दै आए पनि अर्को व्यवस्था नगरेको स्थितिमा कन्सुलर सेवा बन्द गर्दा नेपालीहरू प्रत्यक्ष मर्कामा परेका छन् । अर्कातर्फ डीसीस्थित दूतावासमाथि पनि यति बेला कामको चाप बढेको छ । सन् २०१५ को नोभेम्बर देखि हस्तलिखित राहदानी नचल्ने हुदा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनेको भिड नेपाली दूतावासमा बढेको छ । राष्ट्रसंघका लागि नेपाली नियोगले बोलिभिया, इक्वेडर, पेरु र भेनेजुयलाको द्विपक्षीय मामिला लगायत न्युयोर्क, केनटिकेट र न्युजर्सीमा रहेका नेपालीलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित