घरजमबारे सोच्नै भ्याएको छैन :: नम्रता श्रेष्ठ

१९ माघ २०७०, आईतवार ०५:१३ मा प्रकाशित

चर्चित फोटो पत्रकार विकास रौनियार निर्माता र सम्झना उप्रेती रौनियार निर्देशक रहेको चलचित्र ‘मेघा’को चर्चा सुरु भएको छ। आगामी फागुन २ बाट चल्न लागेको यस चलचित्रको शीर्ष भूमिकामा छिन्, ग्लामरस नायिका नम्रता श्रेष्ठ।

तपाईंको फिल्मी करिअरमा मेघा कतिऔं फिल्म हो?
यो मेरो छैटौ फिल्म हो।

अन्य फिल्मभन्दा के फरक अनुभव गर्नुभयो? यो अलि फरक किसिमकै फिल्म हो। धेरै अनुभव लिन पाएको छु। यो अलि म्यूजिकल फिल्म पनि हो। सातवटा गीतहरू छन्। यसमा मैले पहिलोपटक विवाहित महिलाको भूमिका निभाएकी छु।

अविवाहित युवतीलाई विवाहित बनेर खेल्नुपर्दाको अनुभव? अभिनय भनेकै गाह्रो काम हो। यो सजिलो काम होइन।
नयाँ हिरोसँग काम गर्दाको अनुभव कस्तो रह्यो? रेमन मेरो साथी नै हो। पहिलेदेखि नै चिनिराखेकाले कम्फर्ट नै भयो। फेरि फिल्मको सेटमा को जुनियर, को सिनियर भन्ने हुँदैन। फिल्म भनेको टिमवर्क हो। एकले अर्कालाई सहयोग गर्‍यौं।

महिला निर्देशकसँग काम गर्दा बढी सहज भयो होला, होइन? सुटिङ सुरु हुनुभन्दा केही समयअघि मात्र सम्झना दिदीसँग भेट भएको थियो। तर, हामी छिट्टै घुलमिल भयौं। महिला भएकाले एकले अर्काको भावना सजिलै बुझ्न सक्यौं। महिलाले एक्सन कट भनेर काम गर्दा अलि इन्ट्रेस्टिङ नै भयो। सुटिङको क्रममा सम्झनालायक घटना? धेरै नै छन्। खासगरी नृत्य निर्देशक कमल राईसँग नाच्दाका घटना रमाइला थिए। कस्तो खालको भूमिका छ? विवाहेतर सम्बन्धको कथा हो। त्यसमा विवाहित महिलाको भूमिकामा छु।

अरुभन्दा के फरक छ यो फिल्ममा?
त्यस्तो खतरा फिल्म हो भनेर भन्दिनँ। हाम्रै समाजमा भइरहने कथावस्तु हुन्। त्यसलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। एकदमै सरल र राम्रो फिल्म बनेको छ।

दर्शक त तपाईंको ग्लामर हेर्न पनि हलमा जान्छन् होला नि, है?
त्यो बारेमा चाहिँ मलाई थाहा भएन। ग्लामरस छु भन्ने लाग्दैन? म एउटा कलाकार हुँ।

कस्तो भूमिकामा बढी रमाउनुहुन्छ?
यसमा म ओपन छु। यस्तोउस्तो भन्दा पनि स्त्रि्कप्ट पढ्दा आफूलाई त्यो पात्रमा समाहित गर्न सकेँ भने म ओके हुन्छु। एउटा मान्छे अर्काे क्यारेक्टर बनेर अभिनय गर्नु त्यति सजिलो काम भने होइन।

आफ्नै नाममा बनेको एउटा गीतमा आइटम डान्स गर्न लाग्नुभएको रहेछ नि?
खासमा त्यो आइटम डान्सभन्दा पनि सिचुएसनल डान्स हो। केही फरक काम गरूँ भनेर त्यो गीतमा नाच्न लागेकी हुँ। फिल्म क्षेत्रको कमाइचाहिँ कस्तो छ नि? राम्रै छ। सन्तुष्ट नै छु।

घरजमको तयारीचाहिँ कहिले गर्ने?
त्यसबारे सोच्नै भ्याएको छैन। अहिले दुइटा फिल्ममा आबद्ध छु। बिहेको बारेमा त योजना बनाएको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक