दक्षिण कोरियामा साहित्यिक समारोह सम्पन्न

१९ माघ २०७०, आईतवार ०५:०७ मा प्रकाशित

झबिन्द्र बेल्बासे, दक्षिण कोरिया । नेपाली साहित्य समाज दक्षिण कोरियाले राजधानी सउल स्थित नेपाल हाउसको सभाहलमा साहित्यिक समारोह सम्पन्न गरेको छ । धर्म, जाति, भूगोल र दलीय आस्था भन्दा माथि उठौँ स्रष्टाहरुमा एकता कायम गरौँ भन्ने मूल नाराकासाथ आयोजना गरिएको चियापान तथा साहित्यिक समारोहमा नेपाली तथा कोरियन साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष प्रविण राईको सभापतित्व साथै कोरियन कबि तथा पत्रकार किम ह्योङ ह्योको प्रमुख आथित्य र गीतकार सूर्य खत्री घायल, एम टि यु नेपालका संयोजक तथा चितवन सम्पर्क समितिका अध्यक्ष कमल प्रसाद अर्याल, साहित्यकार प्रोमद सारंग, बलदेव भट्टराई अथिति रहनु भएको कार्यक्रममा दर्जनौ साहित्यकार, साहित्यानुरागी, पत्रकार, बिधार्थी विभन्न संघ सस्थाका प्रतिनिधिहरुले उत्साहपूर्ण रुपमा भाग लिनुभएको थियो ।

प्रबासमा नेपाली साहित्यलाई अत्यन्तै माया गर्ने सर्जकहरु राजधानी सउलभन्दा निकै टाढा टाढा बाट उपस्थित हुँदा वास्तविक साहित्यको मोह छर्लङ्गै देख्न पाइन्थ्यो । कल्पना राईको कवितात्मक शैलीमा स्वागत मन्तव्यबाट सुरु भएको प्रस्तुतिहरुमा गंगा पौडेल, डम्बर लिम्बु, किशान गुरुङ, मन्जु रेग्मी, आर पी देवकोटा, केशब चापागाईं लगाएतले आफ्ना गज़लहरुलाई बाचन गर्दै गर्दा तालीको गडगडाहटले बातावरणनै उल्लाहास पूर्ण भएको थियो ।

माया प्रितीका मात्र गज़ल नभएर वास्तविक जीबन भोगाईलाई शब्दमा उतार्ने सुमित्रा मिश्र,ने त्र पौडेल स्वयम्बर सिंह लामा, निरज साङपाङ, श्रीराम तमुका कविता र मुक्तकहरुले बास्तबमा नै देशको गम्भीर राजनीति, सामाजिक, विसंगतिको चिरफार गरेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणको केन्द्रबिन्दु कोरियन कबि किम ह्योङ ह्योका कोरियन अनुवादित कविता तथा नेपाली साहित्यकारका कोरियन भाषामा कविता प्रस्तुति थिए । साहित्य समाजकी सल्लाहकार प्रगति राई आफ्नो मैले भोगेको कोरिया कविता बाचन गरिरहँदा सबैका अनुहारमा बास्तबिकताको झलक पैदा भएको थियो । पत्रकार मञ्जु गुरुङ, समाजका उपाध्यक्ष अनिल शर्मा सुबेदी, कोषाध्यक्ष निश्चल काउचा लगायत आफ्ना साहित्यिक कृतिहरु पाठक समक्ष ल्याउनु भएका स्रष्टाहरुले आफ्ना परिपक्क रचनाहरु प्रस्तुत गर्दै भर्खर भर्खर लेख्दै गरेका साहित्य अनुरागीहरुलाई साहित्य सिर्जना तर्फ अनबरत रुपमा लागिरहन हौसला प्रदान गर्नुभएको थियो ।

प्रबासमा बसेर नेपाली साहित्य रचनामा देखिएको उत्साह अत्यन्तै महत्वपूर्ण र उपलब्धिपूर्ण रहेको बताउदै नेपाली साहित्य समाज दक्षिण कोरियाले आगामी दिनहरुमा पनि कार्यक्रमको आयोजना गर्दै जाने र सबैको सहयोग सल्लाह, सहभागितामा अघि बढ्दै जाने अपेक्षा सहित कार्यक्रम सफल पारिदिन सहयोग गरिदिनु हुने सम्पूर्णलाई ने।सा।स दक्षिण कोरियाले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा