प्रेस यूनियनले जिल्ला अधिवेशन खोल्यो/फागुन-१० भित्र सकाउन निर्देशन

१८ माघ २०७०, शनिबार १८:३८ मा प्रकाशित

काठमाडौं, १८ माघ। लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस यूनियनले केन्द्रय महाधिवेशनको तयारीका सन्दर्भमा जिल्ला अधिवेशनका लागि समय तोकेको छ ।

काठमाडौंमा आज (शनिबार) बसेको प्रेस यूनियनको केन्द्रय समिति बैठकले आगामी माघ २५ गते देखि अधिवेशन खोल्दै फागुन १० गतेभित्र सकाउन आफ्ना जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई निर्देशन गरेको हो।

फागुन १० गतेभित्र अधिवशेन सकाएपछि केन्द्रय महाधिवेशनको मिति तय हुने प्रेस यूनियनका अध्यक्ष किरण पोखरेलले जानकारी दिए ।

सदस्यता नामावलीको अन्तिम टुङगो नलागेको जिल्ला तथा प्रतिष्ठान शाखाको सदस्यता माघ २५ भित्र सकाएर केन्द्रीय समितिमा पठाउन समेत निर्देशन दिइएको अध्यक्ष पोखरेलले बताए ।

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरणमा महासंघ नेतृत्वले गरेको जालसाजी, कीर्ते, फर्जी तथा गैरपत्रकारहरुलाई सदस्यता वितरण गरि महासंघ कब्जा गर्ने नियतप्रति यूनियनले घोर आपत्ति जनाउँदै त्यस उपर कडा विरोध जनाउने निर्णय गरेको छ।

महासंघ नेतृत्वले गरेको अव्यवसायीक तथा अलोकतान्त्रिक गतिविधिलाई पर्दाफास गर्दै विचार मिल्ने पत्रकारहरुको संस्थाहरुसँग सहकार्य गर्दै आन्दोलनका कार्यक्रमहरु समेत तय गर्न यूनियनका वरिष्ठ उपाध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको छ।

कार्यदलमा पत्रकारहरु पोषण केसी, जगत नेपाल, सन्तोष न्यौपाने, इश्वरी ओझा र अजयबाबु शिवाकोटी रहनुभएको यूनियनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट