‘सरकार गठनमा सहयोग गर्ने आश्वासन दिए’

१८ माघ २०७०, शनिबार १८:२९ मा प्रकाशित

काठमाडौं, १८ माघ । सहमतीय सरकार गठनका विषयमा नेपाली कांग्रेसले सर्वदलीय बैठकमा पुन: परामर्श गरेको छ ।

राजधानीमा आज (शनिबार) बसेको सर्वदलीय बैठकमा सहभागी अधिकांश दलहरुले कांग्रेसलाई नेतृत्व गरी सरकार गठनमा पहल गर्न सुझाव दिएका छन् । कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडूका अनुसार अधिकांश दलहरुले सरकार गठनमा सहयोग गर्ने आश्वासन दिएका हुन् ।

सर्वदलीय बैठकको छलफल र सरकार गठनका विषयमा भई रहेका प्रयासका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराईने बडूले बताए । एमाओवादी र राप्रपा नेपाल रचनात्मक प्रतिपक्षमा बसेर सहयोग गर्ने आश्वासन पाएको उनले बताए ।

यस अघि पनि सर्वदलीय बैठकमा सरकार गठनका विषयमा छलफल गरेको कांग्रेसले पुन: आज परामर्श गरेको हो । बैठकमा अधिकांश दलहरुको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार बनाउने जनाई सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई