बियर चाख्ने रोबोटको विकास

१८ माघ २०७०, शनिबार १७:३७ मा प्रकाशित

पेरिस, १८ माघ । स्पेनी अनुसन्धानकर्ताहरूले विभिन्न बियरको प्रकार र तीनमा रहेका मदिराको मात्रा मापन गर्ने इलेक्ट्रोनिक जिब्रो विकास गरेका छन् ।

यसका सिर्जनाकारहरूले यो कृत्रिम जिब्रोले हाल ८२ प्रतिशत सही कार्य गर्नसक्ने बताएका छन् । यसलाई स्वाद पत्ता लगाउने रोबोट सिर्जना गर्ने कार्यमा पहिलो पाइलाको रूपमा हेरिएको छ ।

यस जिब्रोमा २१ वटा इलेक्ट्रोड रहेका छन् र प्रत्येकले एमोनियम, सोडियम, नाइट्रेट तथा क्लोराइड जस्ता फरक रासायनिक यौगिकप्रति प्रतिक्रिया जनाउँछ । उक्त जिब्रो बार्सिलोनाको अटोनोमस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार गरेका हुन् ।

जिब्रोले स्वार्जबियर, लागर, डबल मेल्ट पिलसन, एलसेसन तथा कम मदिरा भएको बियरको स्वाद पत्ता लगाउाछ । यी सबै बियर पत्ता लगाउन यस जिब्रोलाई तालिम दिइएको छ ।

यस जिब्रोमा प्रोग्राम नगरिएको बियर भने यसले पत्ता लगाउन सक्दैन ।

फुड केमिस्ट्री पत्रिकाले प्रकाशन गरेको एक विज्ञप्तिमा यो जिब्रोले एक दिन स्वाद पत्ता लगाउने रोबोट बनाउन सहयोग गर्ने उल्लेख गरिएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ