‘एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा’

१८ माघ २०७०, शनिबार १७:२० मा प्रकाशित

काठमाडौं, १८ माघ । अयोग्य लडाकु अर्थात बहिर्गमित जनमुक्ति सेना नेपालले एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप दोहराएको छ ।

काठमाडौंमा आज (शनिबार) पत्रकार सम्मेलन गरेर पूर्व लडाकुहरुले सत्ता र शक्तिको आडमा गरिएको अर्वौको भ्रष्टाचारको विवरण राज्यले तत्काल छानवीन गर्न पर्ने माग गरेका हुन् । उनीहरुले एमाओवादीले लडाकुका नाममा अर्वौ रकम लुटेको आरोप लगाएका छन् ।

‘शान्तिपूर्ण तरिकाले पार्टीले गरेका भ्रष्टाचारको मुद्दा किनारा लागोस भन्न चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य र सम्बन्धित निकायले यो मुद्दालाई वेवास्ता गर्छ भने हामी युएन, अन्तर्राष्ट्रिय निकायसम्म पुग्छौं ।’

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झूठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको बताए । उनले अब ४ हजार ८ बहिर्गमित सेनालाई भ्रष्टाचारको विरुद्धमा उतार्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार