चिसो नेपालगन्जलाई तताए कलाकारले

१८ माघ २०७०, शनिबार ०६:१७ मा प्रकाशित

नेपालगन्ज : बाक्लो हुस्सु र शीतलहरका कारण तीन दिन अघिदेखि घाम नलागी चिसिएको नेपालगन्जलाई नेपाली गीतसंगीतका क्षेत्रमा लागेका कलाकारले शुक्रबार तताएका छन् । नेपालगन्ज उद्योग व्यापार संघ र जडीबुटी व्यवसायी संघ नेपालको आयोजनामा ‘मध्यपश्चिमाञ्चल उद्योग, व्यापार एवं जडीबुटी प्रदर्शनी मेला तथा बाँके पर्यटन महोत्सव–२०७०’ मा विभिन्न कलाकार को प्रस्तुतीले चिसो नेपालगन्जलाई तताएको हो ।
गत बुधबारदेखि सुरु भएको सो मेलामा जनगायक जीवन शर्मा, चर्चित देउडा गायक नन्दकृष्ण जोशी र लोकगायिका कोमल ओलीलगायतका गायकगायिकाले आफ्नो गीतसंगीतबाट दर्शकलाई नचाउँदै तताएका हुन् । अझ ज्योति काफ्ले र विपना बस्नेतजस्ता हास्य कलाकारले थरीथरी प्रहसन देखाएर दर्शकलाई निकै हँसाए । शुक्रबार स्थानीय कलाकारहरूको नृत्य तथा सांस्कृतिक प्रस्तुतिका साथै चर्चित गायिका जुनू रिजालले ‘तुम्बा ताने सरर…’ बोलको गीत प्रस्तुत गर्दा पूरा मेला नै नाचमा मस्त झुमेको थियो । अर्का चर्चित गायक रामचन्द्र काफ्लेले पनि आप्mना कर्णप्रिय गीतमार्फत् दर्शक तथा श्रोतालाई मनोरञ्जन दिए ।
यसअघि नेपालगन्जमा बुधबार र बिहीबार भने विभिन्न कलाकारले आफ्ना गीतसंगीत प्रस्तुत गरेका थिए । सो क्रममा जनगायक जीवन शर्माको ‘सिमली छाँयाले…, होस् वा कोमल ओलीले पोइल जान पाम्… वा ए मर्द छन् भने खेलाँै जुहारी… जस्ता गीत गाएका थिए ।
यस्तै, मध्य तथा सुदूरपश्चिमका देउडाको भाकामा नन्दकृष्ण जोशीले सबैलाई जुरुकजुरुक पारे । देउडा गीतको जगेर्ना गर्दै आएका देउडा गायक जोशीले मध्य तथा सुदूरपश्चिममा चलनचल्तीमा रहेका विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
अविवाहित कोमल ओलीले ए मर्द छन् भने खेलाँ जुहारी… गीत गाउँदा दर्शकहरू म छु नि भनेर निकै जोसिएका थिए । गायिका ओलीले स्टेज छोडेर दर्शकदीर्घासम्म गएर गीत गाउँदा दर्शकको हुटिङका का™ण दर्शकलाई साम्य पार्न हम्मेहम्मे भएको थियो ।
ओलीको गीतले जोसिएका दर्शकहरू जब जनगायक जीवन शर्माले ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’  गीत गाउन थाले तब दर्शकहरू एकाएक भावुक बनेका थिए । जनगायक शर्माले गीत गाउँदा बूढापाकहरू झन् भावुक देखिएका थिए । यस्तै, नक्कली बाबुराम भट्टराई बनेका ज्योति काफ्ले र नक्कली हिसिला यमी बनेकी विपना बस्नेतले यी दम्पतिको प्रहसन गर्दै दर्शकलाई निकै हँसाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र