प्रधानाध्यापकलाई कालोमोसो

१७ माघ २०७०, शुक्रबार १६:३१ मा प्रकाशित

जाजरकोट, १७ माघ । जाजरकोटको जनता उच्च माध्यामिक विद्याल, पैकका प्रधानाध्यापक तुल्सीदास चौधरीलाई कालोमोसो दल्ने स्थानीय चारजना पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा पैक–५ का जंगुसिह, कमल सिह, पैक–१ का चक्र सिह तथा पैक–३ का राजु आरसीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधवार डेराबाट विद्यालय आईरहेका बेला उनीहरुले एक्कासि कब्जामा लिएर प्रधानाध्यापक चौधरीलाई कालोमोसो दलेर फरार भएका थिए ।
सप्तरी जिल्ला घर भएका चौधरीको किटानी जाहेरीका आधारमा बिहीबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिहले जानकारी दिए ।
पक्राउ परेका राजु सोही विद्यालयमा १२ कक्षा र कमल ११ कक्षामा अध्ययनरत छन् । कमल र जंगु बाबुछोरा हुन् । अभिभावकको उक्साहटमा उनीहरुले आफ्नै प्रअलाई कालोमोसो दलेको सिहको भनाई छ ।
प्रहरीका अनुसार विद्यालय ब्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक