पोखरामा सूचना तथा प्रविधि मेला

१७ माघ २०७०, शुक्रबार १४:५५ मा प्रकाशित

पोखरा, १७ माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कास्कीको आयोजनामा आगामी फागुन ४ देखि ११ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा पाँचौं सूचना तथा प्रविधि मेलाको आयोजना गरिने भएको छ ।
मेलामा बृहत् सूचना प्रदर्शनी, आइसिटी सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, मेला अवधिभर आइटी क्विज कन्टेस्ट, नि:शुल्क कम्प्युटर मर्मत गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै प्रिन्टर साटफेरका साथै आइसिटी क्षेत्रमा स्थानीयस्तरको उत्पादनको प्रदर्शनी गरिने उक्त मेलामा एकसय स्टल रहने छन् । मेलाका लागि १४ लाख खर्च र १८ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
मेला सम्पन्न गर्न क्यान कास्कीका अध्यक्ष चण्डीप्रसाद अर्यालको संयोजकत्वमा १६ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी