अठचालीस बर्ष देखि साङ्लोमा

१७ माघ २०७०, शुक्रबार १४:३२ मा प्रकाशित

कञ्चनपुर, १७ माघ । समयमै उपचार नपाएका कारण कञ्चनपुरका एक बृद्धा ४८ वर्षदेखि साङ्लोमा जीवन जिउन बाध्य भएका छन् ।
जिल्लाको दक्षिणी भेग श्रीपुर–६, बेलौरीका ७० वर्षीय मल्का बडायत झन्डै ४८ वर्षदेखि साङ्लोमा बाँधिएर जिउन बाध्य भएका हुन् ।
आर्थिक अभावका कारण बडायत २०२२ सालदेखि साङ्लोमा नारकीय जीवन बिताउन बाध्य भएको उनका परिवारजनले बताएका छन् ।
विक्रम संवत २०२२ तिर उनको मानसिक स्थितिमा समस्या उत्पन्न भएपछि असामान्य व्यवहार गर्न लाग्दा उनलाई परिवारले साङ्लोमा बाधेर राखेका हुन् ।
बडायतका लागि घर छेउमै एउटा सानो छाप्रो बनाइएको छ । उनी बस्ने छाप्रो चारैतिरबाट खुला छ । पानीबाट बच्न केवल सामान्य छानो बनाइएको छ ।
छाप्रोमा उनले पुस–माघको चिसो तथा वर्षायामको झरी तथा लामखुट्टेको टोकाइ सहँदै ४८ वर्ष बिताइसकेका छन् ।
बडायत बिरामी हुँदा सुरुमा भारतीय सहरहरुमा डेढ महिनासम्म निरन्तर उपचार गराइएको थियो । केही निको भएपछि उनलाई पुन: घर ल्याइएको बडायतका भतिजा राजा रामले बताए ।
‘काकाको उपचारमा त्यतिबेला ४५ हजार भारतीय रुपियाँ खर्च भयो,’ उनले भने, ‘केही दिनपछि फेरि उस्तै स्वभाव देखाउन थालेपछि पुन: आर्थिक अभावका कारण उपचार गराउन सकेनौं ।’
कलिलै उमेरमा विवाह गरिदिए पनि उनका सन्तान छैनन् । उनका सन्तान जन्मदै मर्ने गरेका कारण भतिजा राजारामले आश्रय दिइराखेका छन् ।
साङ्लोमा परेदेखि उनकी श्रीमतीले स्याहारसुसार गर्दै आएकी थिइन् । पत्नीको पनि करीब डेढ वर्षअघि मृत्यु भए पछि बडातलाई अझै पिरमर्का थपिएको छिमेकीको भनाइ छ ।
छिमेकी गणेश रानाका अनुसार पिरमाथि पिर थपिएका कारण उनले आजभोलि खान पनि छोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी