‘सभासदको भूमिका सामाजिक रुपान्तरणमा पनि हुनु पर्छ’

१७ माघ २०७०, शुक्रबार १२:०९ मा प्रकाशित

काठमाडौं, १७ माघ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नवनिर्वाचित सभासदहरुले संविधान बनाउने बाहेक आर्थिक, सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

राजधानीमा आज (शुक्रबार) आयोजित सम्मान कार्यक्रममा मन्त्री कोइरालाले मुलुकको आर्थिक, सामाजिक मार्गचित्र बनाउने अभिभारा सभासदको काँधमा आइलागेको बताए । उनले जुनसुकै दलबाट प्रतिनिधित्व गरेपनि विकासका एजेण्डामा एक हुन सबैलाई सल्लाह दिए ।

‘संक्रमणकालको व्यवस्थापनपछि अब आर्थिक विकासलाई राजनीतिको प्रमुख एजेण्डा बनाउनुपर्छ,’ उनले भने ।
राजनीतिक, आर्थिक र शैक्षिक दृष्टिले समृद्ध भोजपुर जिल्लालाई समयसापेक्ष विकास गर्न जनप्रतिनिधिहरुले बुादागत घोषणापत्र तयार गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका