सुन तस्करीमा चिनियाँ धनाढ्यको समूह

१७ माघ २०७०, शुक्रबार ०५:५८ मा प्रकाशित

काठमाडौं, १७ माघ । चिनियाँ धनाढ्यको गिरोहले नेपालीलाई प्रयोग गरेर अवैध सम्पत्ति भारतसम्म पु-याउने गरेको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । चिनियाँले नेपालको बाटो हुँदै आर्जित सम्पत्तिलाई सुनमा बदलेर भारततर्फ निकासी गरिरहेको अनुसन्धान विभागले हालै तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीले पटकपटक बरामद गरेको सुन र त्यसलाई ल्याउने अधिकांश नेपाली भरियासँगको बयानपछि अनुसन्धान विभाग सो निष्कर्षमा पुगेको हो ।
विभागले हालै तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार नेपाली भरियाकै माध्यमबाट उनीहरू भारत हुँदै सम्पत्तिलाई तेस्रो मुलुक पठाउन लागेका हुन् । नगद सम्पत्तिलाई सुनमा परिवर्तन गरी तेस्रो मुलुक पठाउन थालेपछि चीन सरकारले सरकारी तहमा रहेका कर्मचारीहरूको सबै विवरण र आयस्रोतबारे निगरानी राख्न थालेको पनि अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
चीन सरकारले नेपालको बाटो प्रयोग गरी आफ्नो देशको सम्पत्ति नेपाल हुँदै तेस्रो मुलुक पठाउन थालेको सूचना पाएपछि अवैध ढंगले नेपाल आउने सम्पत्तिमाथि निगरानी राख्नसमेत आग्रह गरेको स्रोतले जनाएको छ ।
निरन्तर अवैध सुन निकासी बढेपछि चीनले सीमा नाकामा निगरानी बढाउन नेपाललाई आग्रह गरिसकेको छ । विभागको अनुसन्धान प्रतिवेदनकै आधारमा चिनियाँ पक्षले नेपाललाई यस्तो आग्रह गरेको स्रोतले जनाएको छ ।
चीनले नेपालको सुरक्षा निकायले आफ्नो मुलुकबाट आएको बरामद सुनको विवरण उपलब्ध गराइदिन आग्रहसमेत गरेको स्रोतको दाबी छ । ‘अवैध तस्करी बढेपछि चीनले आफ्नो मुलुकबाट आएको सुनको बरामद तथ्यांक दिन आग्रह गरिरहेको छ,’ स्रोतले भन्यो ।
नवधनाढ्य चिनियाँहरूले नेपालका केही व्यक्ति र भारतीयहरूलाई समेत प्रयोग गरेर त्यस्ता सम्पत्ति नेपालको बाटो हुँदै तेस्रो मुलुकमा पठाउन थालेपछि चीन सरकारले नेपाल सरकारलाई त्यस्ता गतिविधिमाथि निगरानी राख्न दबाब दिएको बताइन्छ ।
स्रोतका अनुसार सोही प्रकारको प्रतिवेदन पनि नेपाल प्रहरीको प्रतिआतंकवाद सेल र विशेष ब्युरोले पनि तयार पारिसकेको छ । प्रतिआतंकवाद सेलले पनि धनाढ्य सरकारी कर्मचारीहरू चीनमा कमाएको अकूत सम्पत्तिको खोजबिन हुन थालेपछि तिब्बती एजेन्टमार्फत नेपाली भरिया र केही व्यापारी प्रयोग गरेर नेपालबाट भारततर्फ सुन तस्करी भएको निष्कर्षमा पुगेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

चिनियाँहरूले अवैध सुन ल्याउन खासाबाट सामान ल्याउने व्यापारीलाई प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ अधिकारीकै सूचनाका आधारमा अनुसन्धानले प्रतिवेदनमा सो दाबी गरेको हो । ‘खासगरी नेपाल चीनको व्यापारिक नाकामा व्यापार गर्नेहरू नै तस्करीमा संलग्न छन्,’ चिनियाँ अधिकारीहरूले नेपाल सरकारलाई उनीहरूमाथि समेत छानबिन गर्न आग्रह गरेको छ,’ स्रोतले भन्यो ।
अहिले नेपाल प्रहरीको विशेष ब्युरो, प्रतिआतंकवाद सेल, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको बेग्लाबेग्लै टोलीले त्यस्ता व्यक्ति वा समूहबारे खोजी गरिरहेको स्रोतको दाबी छ । चिनियाँ नागरिकको अवैध सम्पत्ति तिब्बतको बाटो हुँदै नेपाल भित्रने गरेका कारण नेपाल र चीनको संवेदनशील नाकामा समेत निगरानी राख्न थालिएको ती अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको