महासंघको निर्णयप्रति युनियनको आपत्ति

१७ माघ २०७०, शुक्रबार ०५:४० मा प्रकाशित

काठमाडौं, १७ माघ । नेपाल पत्रकार महासंघले सदस्यता विषयमा देखिएको विवाद, अनियमितता र कीर्ते कामलाई नसच्याई १८ माघमा केन्द्रीय समितिको बैठक बोलाएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएको छ ।
उसले महासंघको पछिल्लो प्रतिबद्धता र महासंघका पदाधिकारीलगायत विभिन्न संस्थाका अध्यक्षहरूसँग पटक–पटक भएको सहमति कार्यान्वयन नगरी केन्द्रीय समिति बैठक बोलाएको भन्दै सो निर्णय फिर्ता लिन पनि माग गरेको छ ।
युनियनका अध्यक्ष किरण पोखरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा १३ असोजमा बसेको महासंघ केन्द्रीय समिति बैठकले जिल्लाबाट सदस्यताका लागि सर्वसम्मत सिफारिस भएका नाम सर्वसम्मत स्वीकृत गर्ने, जिल्ला वा शाखाले सदस्यता नदिएको भनी उजुरीका रूपमा केन्द्रमा आएका व्यक्तिलाई सदस्यता दिनु नपर्ने कारण के हो भनेर शाखालाई पत्र पठाउने तथा बाँकी विवाद भएका शाखाको हकमा विवाद समाधान गर्ने निर्णय भएकामा त्यसविपरीत कार्य गरेको जनाइएको छ ।
महासंघ अध्यक्षले विधानबाहिर गएर कुनै निर्णय नगर्ने प्रतिबद्धता जनाए पनि ठूलो संख्यामा गैरपत्रकारहरूलाई सदस्यता दिएर महासंघको गरिमा समाप्त पार्ने षड्यन्त्र जारी रहेको दाबी गरेको छ । सुर्खेत, बारा, सिरहा, संखुवासभा, बैतडीलगायतका जिल्लामा विधान र केन्द्रीय समितिको निर्णयविपरीत स्वीकृत सदस्यता अविलम्ब फिर्ता गर्न युनियनले माग गरेको छ ।
उसले क्रियाशील पत्रकारहरूलाई कार्यसमितिबाट सर्वसम्मत निर्णय भई सदस्यता सिफारिस भएका कतिपय जिल्लाहरूमा पनि आस्थाका आधारमा सदस्यता स्वीकृत नगरी महासंघले आफ्नै निर्णयलाई लत्याएकामा युनियनले गम्भीर आपत्ति प्रकट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे