‘सहमतीय नभए बहुमतमै सरकार बन्छ’

१६ माघ २०७०, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौं, १६ माघ । कांग्रेस सभापति सुशील कोइरालाले सहमतीय हुन नसके पनि बहुमतीय सरकार बन्ने बताएका छन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले आज (बिहीबार) काठमाडौंको चाक्सीवारीमा आयोजना गरेको चियापान समारोहमा कोइरालाले सहमतीय सरकारका लागि पहल गरिरहेको बताए । ‘सरकार मेरै नेतृत्वमा बन्छ,’ उनले भने, ‘सहमतीय सरकारका लागि पहल भई रहेको छ ।’
उनले माघ १९ गते सम्म सरकार बन्ने बताए । ‘माघ–१९ सम्म सरकार बन्छ,’ उनले भने । सभापति कोइरालाले सहमतीय सरकारमा सहभागी गराउन विभिन्न दलहरुलाई पत्राचार गरिएको पनि बताए ।
उनले नयाँ संविधानको लेखन पनि अगाडि बढ्ने बताए । उनले एक बर्ष भित्रै नयाँ संविधान जारी गर्ने दोहर्‍याए ।
महामन्त्री सिंहले कांग्रेसका नव निर्वाचित सभासदहरुलाई आफ्नै निवासमा चियापान समारोहको आयोजना गरेर स्वागत गरेका छन् । चियापानमा सभासद, केन्द्रीय पदाधिकारी र सदस्य तथा कार्यकर्ता गरी एकहजार बढीको सहभागिता रहेको नेविसंघका नेता एवं चियापन समारोहका आयोजक यूपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री