हामीमा राष्ट्र भक्ति,धर्मको कमी र लगनशीलताको अभाव छ: -नारायण थापा (अगुवा गैर आवासीय नेपाली)

७ बैशाख २०६९, बिहीबार १९:२७ मा प्रकाशित

नारायण थापा चिनिएका समाजसेवी र ब्यापारी पनि हुन् । तर उनि आफुलाई डायस्पोरामा काँग्रेसको राजनीति मार्फत चिनाउछन् । लुम्बिनी रेस्टुरेन्टको सफल व्यापार बाहेक बाल्टिमोरका नेपालीहरुको सुख दुखमा पनि आफुलाई क्रियासिल राख्दै आएका छन् । १० बर्ष जापान बसेर अमेरिका हानिएका थापाले राजनीति होस् वा जिन्दगीमा निकै उतार चढाव भोगेका छन् । विदेशको जिन्दगीमा आइपर्ने दुख सुख समुदायसंगै सामना गर्दै आएका छन् थापाले । बाल्टिमोरका नेपालीहरुको संस्था वानाको स्थापनाकाल देखिनै संस्थापक भएर काम गरेका थापा काँग्रेसको भगिनी संस्था जनसम्पर्क समिति अमेरिकामा पनि उत्तिकै क्रियासिल छन् । तर थापा क्रियासिल रहेको जनसम्पर्क समिति अमेरिका भने माउ पार्टी काँग्रेस जस्तै चरम विवाद र विभाजित रहेको छ । जति नेता केन्द्रमा छन् तेतिनै समुहमा विभाजित जनसम्पर्क समिति अमेरिका यती बेला अधिबेशनको तयारीमा छ र नारायण थापालाई पनि जनसम्पर्क समिति अमेरिकाको आसन्न अधिबेशन लागेको छ । व्यापार, समाज सेवा र राजनीतिमा ब्यस्त नारायण थापासंग हामीले जनसम्पर्क समिति अमेरिकाको विवाद, डायस्पोरामा नेपालीहरुको अबस्था, नेपालीमुलका अमेरिकीहरुलाई अमेरिकाको मुलधारमा कसरी स्थापित गर्न सकिन्छ भन्ने बिषयमा सिधा प्रश्न सोधेका थियौं । प्रस्तुत छ हाम्रो सिधा प्रश्न र नारायण थापा (अगुवा गैर आवासीय नेपाली)को जवाफ :

१.- अमेरिका बस्नु भएको कति वर्ष भयो, कुन उद्देश्यले अमेरिका अउनु भएको थियो, अमेरिकामा तपार्इले देखेका सपना र उद्देश्य पुरा भयो ?

उत्तर: म अमेरिका आएको करीब १० बर्ष भयो र म अमेरिका आएको बेला बेला म आफैलार्इ प्रश्न गर्दछु । कारण जे भए पनि त्यसताका मुलुकमा जारी हिंसा, अशान्ति र त्रास नै भन्नु पर्दछ। त्रास भन्दा भाग्नु भएछ भन्नु होला, डरले भागेको चाही हेाइन करले भाग्नु पर्यो ।

२.- त्यो जापान, जन्म भमि नेपाल र यो अमेरिकामा के के फरक पाउनु भयो ?

उत्तर: जन्म भुमीको आफनै महत्व हुन्छ । त्यहाँ आफन्तको माया, ममता र करूणा हुन्छ तर प्रवाशमा तपाई पनि भोगी रहनु भएको छ पल पल जन्म भुमी र आफन्तको मायाको अभाव खट्की रहन्छ । यसलाइ् अर्को अर्थमा भन्नु हुन्छ भने हामीमा राष्ट्र भक्ति, धर्मको कमि र लगनशिलताको कमिले पनि हामी सुख खोज्न परदेशमा छौ ।

३.- अमेरिकाको कुन कुन राम्रा पक्ष नेपाल र नेपालीले सिक्नु जरूरी छ ?

उत्तर: हामी नेपालीहरू धेरै बुद्धीमानी पनि छौ, मेहनती पनि छौं र बिद्वान पनि छौं । तर हामीले सिक्नु पर्ने कुरा के छ भने जन्मेको देश र आफन्तहरुले भरिएको आफ्नो गाउँका लागी मात्रै इमानदार हुन सके हाम्रो सानो देश समृद्ध हुन बेर लाग्दैन । जापान होस् वा अमेरिका, बिधि र कानुन मान्ने अनि राष्ट्रलाई मायाँ गर्ने इनिहरुबाट सिक्ने कुरा धेरै छन् ।

४.- अमेरिकामा बस्ने नेपालीहरूको अवस्था कस्तो छ ?

उत्तर: अमेरिकामा बस्ने नेपालीहरूको अवस्था कमाउने हिसाबले सन्तोष जनक नै देखिन्छ र कामको सन्दर्भमा भन्नु हुन्छ भने सम्पूर्ण हामी नेपालीहरू मध्ये ९० प्रतिशत साधारण काम नै गर्दै आएका छौं । अनुमानक हिसाबले १० प्रतिशत नेपालीले मात्रै उल्लेख्य काम गरेको भेटिन्छ । सबैमा एउटा अनुभूति छ, मातृभुमिसँग बिछोड भएको अनुभूति सबैमा आँखामा झल्कन्छ ।

५.- नेपाली मुलका अमेरिकीहरू मुलधारमा स्थापित हुन सकेका छैनन् कारणा के होला?

उत्तर: नेपाली मुलका नेपालीहरू अमेरिकी मुलधारमा स्थापित नहुनुको कारण हामी कुरा ठुला ठुला गर्छैा तर हामीलाइ बिधि र प्रक्रिया थाहा छैन, त्यसको लागी राम्रो संग बुझ्न नखोज्नु पनि पछि पर्नुमा मुख्य कारण हो । अर्को कुरा नेपाल सरकारले दक्षता नभएको ब्यक्तिहरूलार्इ बिदेशी नियोगको जिम्मेवारी दिनु हो । चाकरीको भरमा जिम्मेवारी दिंदा त्यो व्यक्तिबाट कुनै प्रकारको बिशेष कुराहरू पुग्नु पर्ने ठाउँमा पुग्न नसक्नु र गर्नु पर्ने काम पुरा गर्न नसक्नु अर्को मुख्य कारणको रूपमा रहेको छ।

६.- नेपाली समुदायका संस्थाहरूले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, व्यापार, र राजनीतिक क्षेत्रमा समुदायलार्इ केन्द्रित गरेर प्रभावकारी कार्यक्रम ल्याउन सकेकै कारण नेपाली मुलका अमेरिकीहरू मुलधारमा स्थापित हुन नसकेको भन्ने भनार्इसंग तपार्इ सहमत हुनु हुन्छ ?

उत्तर: म तपाइको प्रश्न सँग धेरै हद सम्म सहमत छु। यो आदत हामीले नेपालबाट ल्याएको आदत हो। हामीले गम्भिर भएर सोच्नु पर्ने जरूरी छ। अमेरीकामा पनि गोरा, काला, हिस्पानिक यावत कुरा छन् । झन् हाम्रोत चार जात छतिश वर्ण भएको देश विवाद नहुने त कुरै छैन। एउटा कुरा हामीले के सोच्नु पर्ने जरूरी छ भने यो कुरा हामीमै सिमित हुनु पर्दछ । म के भन्न चाहन्छु भने नेपाली जातिको भाषा भेष भुषा र परम्परा जोगाउनको लागी पनि हामीबाटै अगुवाको भूमिका निर्बाह हुनु पर्दछ। हामी बिभाजित नभइ एक आपसका सवै कुरालार्इ आत्मसात गर्दै अमेरीकाको मुलधारमा पुग्न कोसिस गर्नु पर्छ।

७.- नेपाली समुदायका संस्थाहरू अमेरिकामा पनि नेपाली भाषा, संस्कृति र जातीय मुद्दामा केन्दित रहेका कारण नेपाली मुलका अमेरिकीहरू मुलधारमा स्थापित हुन नसकेको एउटा कारण हो भन्न सकिन्छ र समुदाय केन्द्रित संस्थाहरू र नेपाली मुलका अमेरिकीहरू पनि एस्तै मुद्दामा बिभाजीत देखिन्छन् ?

उत्तर: हामी सबै नेपाली मुलबाट आएका नेपालीहरूले के सोच्नु पर्छ भने हामी जो- जो, जे- जे उद्देश्य लिएर अमेरीका आएको भए पनि जात, भाषा र धर्मका कुरा छोडेर विभाजित नभइ एक आपसमा आर्इ पर्ने सुख दुखमा साथ दिदै मित्रताको सुत्रमा बाँधिएर हिडेमा हाम्रो एकताले नै हामीलार्इ अमेरीकाको मुलधारमा स्थापित हुन सहयोग पुग्नेछ छ भन्ने मलाइ लाग्दछ ।

८.- कांग्रेसको भगिनी संस्था जनसंपर्क समिती अमेरिकामा पनि यहां कृयाशिल हुनु हुन्छ, तपार्इहरूको बिबाद देखेर अमेरिका आउने काँग्रेसका नेताहरू जनसंपर्क समिती अमेरिका को नाम पनि सुन्न चाहँदैनन् रे नि ?

उत्तर: जनसंपर्क समिती भने पनि जे भने पनि म काँग्रेसको भात्री संस्थाको लागी अमेरीकामा क्रृयाशिल छु र म जपानको जनसम्पर्क समितीको संस्थापक कोषाध्यक्ष हो । मेरो मूल मन्त्र बह्नेको जन्म भुमि नेपालमा प्रजातन्त्र दिगो होस् भन्ने हो । नेताहरूले जनसम्पर्क समितीको नाम पनि सुन्न चाहदैनन् भन्ने कुरा चाही सरासर झुट्ठा हो ।

९.- जनसंपर्क समिती अमेरिकामा यति धेरै बिबाद हुनुको मुख्य कारण के हो ?

उत्तर जनसम्पर्क समिती अमेरीकामा धेरै बिबादित हुनुका कारण साथीहरूमा अनुशासनको कमी नै भन्नु पर्दछ। र अर्को कुरा सबैलाई पद(कुर्सी) चाहीयो भन्नु नै हो। यसमा नेताहरू पनि उत्तीकै जिम्मेवार हुनु हुन्छ।

१०.- विवाद समाधान गर्ने बाटो र बिधि के हो ?
उत्तर: बिबाद समाधान गर्ने बाटो र बिधी भनेको मुख्य कुरा र्इमान्दारीता नै हो। साथीहरूले नेपाली काँग्रेसको बिधानलार्इ साँछी राखेर हिंडनु हुन्छ भने सबै काम बिधीपुर्वक नै हुनु पर्छ भन्ने मेरो मान्यता हो र बाँकी पार्टीको निर्णय नै हो।

११.- तपार्इ जापान हुदै अमेरिका पनि आउनु भयो र यहाँ पनि ब्यापारमा सफल र स्थापित हुनु भयो यो सफलताको कारण के हो र आफ्नो सफलताको श्रेय कसलार्इ दिनु हुन्छ ?

उत्तर: हेर्नुहोस म नेपालमा पनि सानै उमेर देखी नै व्यापार व्यवसायमा रुची पुर्बक संलग्न रहदै आएँ । म बैधानिक व्यापार भिषा लिएर जापान बस्ने पहिलो नेपाली हो । अमेरीका आए देखी नै व्यापार थालनी गरेर अझ सम्म यसैमा क्रृयासिल रहदै आएको छु । यो सफलताको कारण, लामो समय सम्मको व्यापार गर्दाको अनुभव नै भन्नु पर्यो । अर्को कुरा मेहनत र्इमानदारीता र श्रीमती रविनाको साथ्, समर्थन र लगनको पनि धेरै ठुलो हात रहेको छ।

१२.- अन्त्यमा थपेरै भन्न मन लागेको कुरा के छ ?

उत्तर: अन्त्यमा म के भन्न चाहन्छु भने तपार्इ व्यापार गर्नुहोस, समाज सेवा गर्नुहोस या राजनिती गर्नुहोस, तपार्इ जुन काम गर्दै हुनुहुन्छ र्इमानदारीका साथ् गर्नुस । त्यसले हामी सवैलार्इ सन्तोष मिल्ने छ। अर्को कुरा, राजनिती कर्मीहरूले हृदयंग गर्नु पर्ने कुरा के हो भने आफ्नो स्वार्थपूर्तीको थलो राजनिती होइन राष्ट्र, प्रजातन्त्र र जनताको लागी कुनै बैमनस्यताको भावना नराखी काम गर्नु हो भन्ने मूल मन्त्र सम्झियो भने देशको पनि उन्नति आफुलाई पनि आत्म सन्तोष ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ,

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर