उखुको उचित मूल्य निर्धारण नहुँदा किसान निरास

१६ माघ २०७०, बिहीबार १७:३४ मा प्रकाशित

वीरगन्ज, १६ माघ । यसवर्ष उखुको उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसान उखुको उचित मूल्य निर्धारण नहुँदा निरास भएका छन् । मूल्य निर्धारण नहुँदा किसानहरू चिनी मिललाई उधारोमा उखु बेच्न बाध्य भएका छन् ।
प्रमुख नगदेबालीका रूपमा खेती गरेका किसानले उखुको मूल्य निर्धारण नहुँदै मिलमा सस्तो र उधारोमा बेच्न बाध्य भएका हुन् । मध्यतराइका बारा, पर्सा र रौतहटका किसान अहिले बिना मूल्य आफ्नै लगानीमा उखु काटेर चिनी मिलसम्म पुर्‍याइरहेका छन् ।
भुक्तानी नपाउादा किसानको घर खर्च, मजदुरलाई ज्याला दिन र उखुको ढुवानी भाडा दिनसमेत समस्या परेको उखु किसान बताउँछन् ।
उखु उत्पादक कृषक महासङ्घ र चिनी उत्पादक सङ्घबीचको विवादले किसानले मूल्य नपाएका हुन् । यस वर्ष उखुको खरिद मूल्य महासङ्घले प्रतिक्विन्टल रु ६२५ निर्धारण हुनुपर्ने अडान लिएको छ भने चिनी उत्पादक सङ्घले मूल्य बढाउन नसक्ने अडान राख्दै आएको छ । दुवै पक्षबीच विवाद उत्पन्न हुादा मूल्य निर्धारण हुन नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ