दलको नेताको विवाद केन्द्रीय कमिटीले टुङग्याउने

१६ माघ २०७०, बिहीबार १७:२७ मा प्रकाशित

काठमाडौं, १६ माघ । दोस्रो ठूलो दल नेकपा (एमाले)ले संसदीय दलको नेता माघ–२१ गते टङ्गो लगाउने भएको छ ।

ललितपुरको सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा आज (बिहीबार) बसेको स्थायी समिति बैठकले माघ–२१ गते दलको नेता टुङ्गो लगाउने निर्णय गरेको हो । सचिव विष्णु पौडेलका अनुसार माघ–२१ गते बस्ने केन्द्रीय कमिटीमा दलको नेता चयन र आगामी महाधिवेशनको प्रस्ताव पेश गरिने छ ।

‘माघ–२१ गते संसदीय दलको नेता टुङगो लगाउँछौं, उनले भने, ‘सोही दिन महाधिवेशनको पनि टुङ्गो लाग्छ ।’

एमालेमा सहमतिका साथ संसदीय दलको नेता चयनका लागि दौडधुप भई रहे पनि टुङगो लाग्न सकेको छैन । दलको नेतामा स्थायी समितिमा समेत सहमति नभए पछि केन्द्रीय कमिटी मार्फत टुङगो लगाईने भएको हो ।

संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले दाबी गर्दै आएका छन् । एमालेमा २०४८ साल यता दलका नेता पार्टी प्रमुख नै रहदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै

काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन्