सवारी दर्घाटना २० तिर्थयात्रु घाइते

१६ माघ २०७०, बिहीबार १६:५२ मा प्रकाशित

नवलपरासी, १६ माघ । नवलपरासीको त्रिवेणीमा भारतीय भक्तजन बोकेको माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा वीस यात्रु घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

माघे औंशी स्नान गर्न आएका भरतीय भक्तजनहरु बोकेको माइक्रोबस आज (बिहीबार) नवलपरासीको बैदौली–५, श्रीरामपुरमा पल्टिँदा भक्तजन घाइते भएका हुन् ।

सीमा सुरक्षा पोष्ट गुठी प्रसैनिका सहायक प्रहरी निरीक्षक शिव नारायण महतोका अनुसार घाईते मध्ये तीन यात्रुको अवस्था गम्भीर छ । घाईतेलाई उपचारका लागि भारत तर्फ पठाईएको छ ।

यता, सवारी साधनको ठक्करबाट नवलपरासीको दुम्किबास–५, ज्यामिरेमा चितुवको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय दुम्किबासका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदां ४ फिट लामो तथा २ दशमलव ४ इन्च उचाई भएको चितुवाको मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्