थपिएको पाँच दिनमा नेपाली इतिहास रचिने अध्यक्ष खनालको दावी

७ बैशाख २०६९, बिहीबार १९:०३ मा प्रकाशित

काठमाडौ, ७ बैशाख । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अबको पाँचदिन संवृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै इतिहास रच्ने बताउनुभएको छ । शान्ति र संविधान निर्माणमा जनस्तरबाट सुझाव लिन थालिएको विशेष टेलिफोन सम्वादमा बिहान पाँचरथरबासीसँग कुरा गदै अध्यक्ष खनालले संविधानसभाको कार्यव्यवस्था समितिले दिएको पाँच दिनको समयभित्र विवादित विषयमा राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष खनालले विवादित पाँच विषयमध्ये मिश्रित निर्वाचन प्रणालीमा दलहरुबीच अनौपचारिक सहमति भइसकेको बताउँदै अन्य  विषयमा रहेका मतभेदहरुमा यही ११ गते बस्ने संविधानसभाको बैठकअघि नै  सहमति जुट्ने दाबी गर्नुभयो । आफ्नै निवास डल्लुबाट एमाले पाँचथरका सचिव प्रेमप्रसाद रिजाल, काङ्ग्रेस जिल्ला सभापति नरेन्द्र केरुङ, नागरिक समाजका अगुवा प्रेम ओझा, महिला प्रतिनिधि अन्जु लामा, जनजातकिा बिर्ख वाईबा र  नेपाल जातीय मुक्ति समाजका भवानी शङ्करलाई फोन गरि सुझाव लिनुभयो । सुझाव  दिने सबैले  अन्तिम समयसम्म पनि दलहरुबिच सहमतिको वातावरण नबनेको बताउँदै  नेपाली जनताको भावनाअनुसारको संविधान आउनेमा  शङ्का व्यक्त गरेका छन् ।
नेपाल उत्पीडीत जातीय मुक्ति समाजका केन्द्रीय सदस्य भवानी शङ्करले राज्यपुनरसंरचना आयोगले दलितहरुका लागि व्यवस्था गरेको गैर भौगोलिक
प्रदेश निर्माणका विषयमा के भइरहेको छ भनि प्रश्न गर्नुभयो । उहाँले क्षतिपूर्तिसहितको प्रगतिशील आरक्षणले नै दलित समुदायको हित गर्ने भन्दै
ध्यानाकर्षण गराउनुभयो । सुझाव सुनिसकेपछि अध्यक्ष खनालले पहिचान र सामथ्र्यका आधारमा नै प्रदेशहरु निर्माण हुनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । संविधान निर्माणले समयमै पूर्णता पाउनेमा आफू विश्वस्त रहेको भन्दै उहाँले  संबृद्ध नयाँ नेपाल निर्माण गर्ने अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी