आफ्नै लगानीमा बनाए जब्दीका किसानले दुई किलोमिटर कृषि सडक

७ बैशाख २०६९, बिहीबार १९:०० मा प्रकाशित

सर्लाही, ७ बैशाख । सर्लाहीको जब्दी गाविस वडा नं. ९ का किसानले आफ्नै लगानीमा दुई किलोमिटर बरारबरको कृषि सडक निर्माण गरेका छन् । सडक निर्माणका लागि १५ जना किसानले नम्बरी जमिन दिएर तथा सम्बन्धित सबै किसानले प्रतिकठ्ठा एक सय रुपैयाँका दरले रकम जम्मा गरेर कृषि सडक बनाएका हुन् । संकलित रकमबाट डोजर लगाएर ९ फिट चौडाइ भएको कृषि सडक निर्माण गरिएको नयाँ सडक निर्माण समितिका संयोजक श्याम शिवाकोटीले जानकारी दिनुभयो । जब्दी वडा नं. ९ स्थित गढीचौरमा बनाइएको उत्तर–दक्षिण कृषि सडकले स्थानीय करिब दुई
सय घरधुरीका किसानका पाँच सय ५० कठ्ठा खेतबारीमा खेती गर्न सहज हुने भएको उहाँले बताउनु भयो । सडक नहँुदा पाकेको बाली ओसार्न तथा खेतमा पानी लगाउन अप्ठ्यारो हुने गरेकोमा अब भने सजिलो हुने भएको भन्दै किसानहरु खुशी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड