सभासद मण्डललाई झिकाउन सर्वोच्च अदालतको आदेश

१६ माघ २०७०, बिहीबार ०६:१२ मा प्रकाशित

काठमाडौं, १६ माघ । कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका सभासद् लालेन्द्रकुमार मण्डललाई ‘उपयुक्त दिन झिकाउन’ सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७ (५) समेतको परिप्रेक्षमा दुवै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न वाञ्छनीय हुँदा विपक्षीलाई उपयुक्त दिन तोकी अन्तरिम आदेश जारी हुने या नहुने विषयमा छलफल गर्न झिकाउनु’ भनेको छ ।
संविधानको धारा ७७ (५) का अनुसार संविधानसभाको कुनै पनि सदस्यलाई संविधानसभा कार्यकालभर पक्राउ गरिने छैन तर कुनै पनि फौज्दारी अभियोगमा कुनै सदस्यलाई कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पु¥याएको मानि“दैन । कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना संविधानसभा अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने उल्लेख छ ।
रामविलास मण्डलको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त मण्डललाई एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फको सभासद् बनाएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म ‘सभासद्को हैसियतले शपथलगायतका कुनै पनि कार्य नगराउन’ माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले गत ५ माघमा रिट दायर गरेका थिए ।
अभियुक्त मण्डलविरुद्ध अदालतमा रहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा फिर्ता लिने कुनै पनि प्रक्रिया अघि नबढाउन, यस अदालतबाट आदेश कार्यान्वयनमा सक्रियता देखाउन र अभियुक्तलाई सम्बन्धित अदालतमा कारबाहीका लागि पेस गर्न लगाउन आदेश जारी गर्न माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, संविधानसभा सचिवालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली