कमिसन तथा भत्ता वृद्धि गर्न सरकारलाई दबाब

१६ माघ २०७०, बिहीबार ०५:४७ मा प्रकाशित

काठमाडौं, १६ माघ । पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषद्का सदस्यहरूको सहमतिविनै भट्टहरूको विशेष पूजाको कमिसन तथा भत्ता वृद्धि गर्न सरकारलाई दबाब दिएको छ ।
पशुपति मन्दिरका मूलभट्ट तथा सहायक भट्टहरूको पूजा कमिसन तथा भत्ता बढाउने विषयमा सहमति जुट्न नसकेपछि कोषका सदस्य–सचिव डा.गोविन्द टण्डन र मूलभट्टले संस्कृति तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठलाई दबाब दिएका हुन् । सञ्चालक परिषद्को बैठकमा पशुपति मन्दिरको मूलभट्ट तथा सहायक भट्टहरूको विशेष पूजाबापत भत्ता बढाउनु पशुपति क्षेत्र विकास कोषको मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ विपरीत हुने भन्दै सञ्चालक परिषद्का अधिकांश सदस्यहरूले असहमति जनाउँदाजनाउँदै पनि मूलभट्ट महाबलेश्वर र सदस्य–सचिव टण्डनले मन्त्री श्रेष्ठलाई दबाब दिएको कोषका एक कर्मचारीले बताए ।
पशुपतिका मूलभट्ट तथा सहायक भट्टहरूले मन्दिरमा दैनिक हुने विशेष पूजाबाट प्राप्त हुने दक्षिणाबाट कमिसन पाउनुपर्ने माग राख्दै आएपछि कोषका अध्यक्षसमेत रहेका संस्कृतिमन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको कोषको बैठकले भत्ता वृद्धि गर्न असहमति जनाएको थियो । कोषको बैठकमा सहमति जुट्न नसकेपछि सदस्य–सचिव टण्डनको अध्यक्षतामा रहेको कार्यदलले एकतर्फी रूपमा भत्ता वृद्धिको प्रतिवेदन तयारी गरेको कोषका एक उच्च अधिकारीले जानकारी दिए ।
कोषका सदस्य–सचिव डा.टण्डनले भने मूल भट्ट र सहायक भट्टहरूको विशेष पूजा भत्ता बढाउने विषयमा छलफल चले पनि कुनै निर्णय नभएको दाबी गरे । ‘कोषको विकास र हितका लागि छलफल भइरहेको छ, कोषलाई अहित हुने गरी कुनै पनि निर्णय हामी गर्दैनौं,’ टण्डनले भने । कोष स्रोतका अनुसार पशुपतिका मूलभट्ट महाबलेश्वरको निवासमा मंगलबार संस्कृतिमन्त्री श्रेष्ठ, कोषका सदस्य–सचिव टण्डन र कोषाध्यक्ष तारानाथ सुवेदीसहितको बैठकले सञ्चालक परिषद्को सहमतिविनै भट्टहरूको भत्ता वृद्धि गर्ने विषयमा छलफल भएको थियो । संस्कृतिमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद् रहने व्यवस्था छ ।
परिषद्मा पशुपति मन्दिरका मूलभट्ट, काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख, गृहसचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, संस्कृति सचिव, गुठी संस्थानका अध्यक्ष, जिल्ला विकास अधिकारी काठमाडौं सदस्य छन् । त्यस्तै, पदेन सदस्यमा काठमाडौं क्षेत्र नम्बर ४ सभासद् तथा सरकारबाट मनोनित सदस्यहरूमा कोषका पूर्वकोषाध्यक्ष गणेश अधिकारी, व्यवसायी कोकिलगोविन्द श्रेष्ठ, समाजसेवी शिला पन्त, उमेश कुइँकेल, सुलोचना डंगोल, बीएल शर्मा, नवलकिशोर चौधरी छन् । सञ्चालक परिषद्मा पशुपतिका भट्टहरूको भत्ता तथा पर्वपूजा विशेष कमिसनको विषयमा सदस्यहरूबीच सहमति जुट्न सकेको थिएन । हाल अन्तरिम चुनावी मन्त्रिपरिषद्ले काम गरिरहेको र नयाँ सरकारसमेत बन्न नसकेको अवस्थामा कोषले पशुपतिका भट्टहरूको दबाबमा परेर विशेष पूजाको कमिसन र भत्ता वृद्धि गर्न लागेको एक कर्मचारीले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै