विवाह दर्ता गरेबापत रु एक हजार ५ सय घुस

१५ माघ २०७०, बुधबार १७:२८ मा प्रकाशित

धुर्कोट (गुल्मी), १५ माघ । विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले रु एक हजार ५०० घुस लिएको रहस्य खुलेको छ ।

दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासाग विवाह दर्ताको प्रमाणपत्र बनाउदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्य खुलेको हो । ‘पहिला नागरिकता बनाउदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको रु ५०० दिएँ,’ खत्रीले भने, ‘पछि नागरिकता आउनेबेला उहाँले श्रीमतीसँग रु एक हजार मागेर लानुभयो ।’

ती दम्पतीले नागरिकता बनेपछि आफूसंग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरू समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । ‘भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाादा गाविस सचिवले बाटा खर्च खाइदिएछन्,’ उनले भने ।

पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको रु एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताईन् । ‘सचिवले यति दु:ख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो,’ लोकमायाले भनिन्, ‘हतार थियो, दियौ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।’

गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा