कार्यव्यवस्था समिति मात्रै गठन

१५ माघ २०७०, बुधबार १७:१३ मा प्रकाशित

काठमाडौं, १५ माघ । संविधानसभाले कार्य व्यवस्था परामर्श समिति बनाएको छ ।
निर्धारित समयभन्दा झण्डै सवा घण्टा ढिलो सुरु भएको बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले कार्य व्यवस्था परामर्श समितिका सदस्यको नाम मनोनयन गरेको व्यहोरा जानकारी गराए ।
बैठकको कार्यसूची पनि व्यवस्थापिका–संसद् सचिवालयले ५० मिनेट विलम्ब गरी सञ्चारकर्मी एवम् सभासद्लाई उपलब्ध गराएको थियो ।
बैठकमा अघिल्लो संविधानसभाले गरेका निर्णयको स्वामित्व लिने विषयमा प्रस्ताव पेस गर्ने भनिए पनि सो निर्णय हुन सकेन । राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले सो प्रस्तावको बिरोध गरेका थिए । विरोधसँगै सो विषय तत्कालका लागि रोकिएको छ ।
कार्यव्यवस्था समितिमा मनोनयन हुनुभएका सभासद्मा चीनकाजी श्रेष्ठ, भीमप्रसाद आचार्य, कृष्णबहादुर महरा, वृजेशकुमार गुप्ता, सञ्जयकुमार साह, अमेन्द्र थाम्सुहाङ, दिलबहादुर नेपाली, जयदेव जोशी, प्रेम सुवाल, शिवलाल थापा, नरेन्द्र साह, चित्रबहादुर केसी, विसेन्द्र पासवान, रुक्मिणी चौधरी, पैमबहादुर सिंह, हरिचरण साह, सरिता यादव, राजकुमार राई, कुमार खड्का, लोकमणि ढकाल, मेघराज नेपालीलगायत रहेका छन् ।
संविधानसभाको अर्को बैठक यही माघ २२ गते बुधबार बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस