सत्ता–रक्सी अनि एमाओवादी र मधेसी मोर्चा

१५ माघ २०७०, बुधबार १६:५८ मा प्रकाशित

काठमाडौं, १५ माघ । मधेसी जनअधिकार फोरम नेपालका संस्थापक मध्येका एक नेता जयप्रकाश प्रसाद गुप्ताले एमाओवादी र मधेसी मोर्चाका नेताहरुसँग रक्सी पिउँदै गरेको तस्विर सार्वजनिक गरेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका बेला सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भए पछि गुप्ता जेल गएका थिए । त्यस बेला गुप्ता मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका हुन् । फोरम गणतान्त्रिकका उनी तत्कालीन अध्यक्ष पनि थिए । सोही पार्टीबाट उनी सरकारमा सहभागी भएका हुन् ।

मंगलबार गुप्ताले एमाओवादी र मधेसी मोर्चाबीच भट्टराई नेतृत्वको सरकार बनाउदाको अवस्था र सहमति भई सके पछि रक्सी पिउदै गरेका दुई तस्विर सार्वजनिक गरेर सनसनी मच्चाएका छन् ।

उनले तस्विरसँगै सन्देश पनि लेखेका छन् । ‘डा.बाबुराम भटराई नेतृत्वमा मधेसी–माओवादीको संयुक्त सरकार गठन सम्बन्धी सहमति हुंदाको बखतको तस्विर । सहमति अनि चीयर्स । गहिरो गरी जान्नेहर भन्छन, यही घटनापछि मलाइ समाप्त पार्ने काल जन्मियो । कहि कतै, अरु कोहीसंग नभएको यो तस्विर अब सबैका लागि सार्वजनिक भयो,’ सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा