संविधानमा मुस्लिम समुदायको अधिकार सुनिश्चित गरिनुपर्छ

७ बैशाख २०६९, बिहीबार १८:५२ मा प्रकाशित

काठमाडौ, ७ बैशाख । नयाँ बत्रे संविधानमा मुस्लिम समुदायका राष्ट्रिय मुद्दाहरूलाई यथोचित ढङ्गले सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय मुस्लिम
सङ्घर्ष गठबन्धनद्वारा आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा सरोकारवालाले मुस्लिम समुदायका मागप्रति राज्य, सरकार र राजनीतिक दलका नेताहरू गम्भीर नभएको गुनासो गरे । राष्ट्रिय मुस्लिम सङ्घका अध्यक्ष अवदुल सतारले नयाँ संविधान मुस्लिमहरूको पहिचानसहितको हुनुपर्ने भन्दै आफूहरूलाई राज्यले वेवास्था गर्न नहुने बताउनुभयो । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका सचिव रहमतुल्ला मियाँले संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सुनिश्चित गरिनुपर्ने र तत्काल संवैधानिक मुस्लिम आयोगको गठन गनरिनुपर्ने भन्दै राज्यका सबै निकाय र क्षेत्रमा जनसङ्ख्याको समानुपातिक, प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्