संघीयताविनाको संविधान मधेसी, आदिवासी जनजाति, महिला, दलितले स्वीकार नगर्ने

७ बैशाख २०६९, बिहीबार १८:४९ मा प्रकाशित

मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, दलित र पिछडावर्गका नेताहरुले जातीय पहिचानसहितको सङ्घीयता नयाँ संविधानमा व्यवस्था नगरिने त्यसलाई स्वीकार नगर्ने चेतावनी दिनएका छन् । आज रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उनीहरूले कुनै पनि अवस्थामा जेठ १४ भित्रै संविधान ल्याउनुपर्ने माग गर्दैै आफ्नो मागका बारेमा गम्भीर हुन नेताहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले स्वायत्त मधेस प्रदेशविनाको संविधान ल्याउनै नदिने र ल्याए नमान्ने चेतावनी दिनुभयो । सङ्घीयताविनाको संविधान नेपाली नागरिकले कल्पना नै नगरेकोले त्यस्तो संविधान आए मुलुकमा फेरि आन्दोलन हुने कर्णले बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले हिमाल, पहाड र तराई मिलाएर बहुप्रदेश बनाउनुपर्ने बताउनुभयो । यसैगरी अधिकारकर्मी मल्ल के सुन्दरले जातीय पहिचानसहितको संविधान नआए आदिवासी जनजातिले संविधान बनेको भोलिपल्टै जलाउने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने